उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कमा

श्रावण २३, २०८२
Contacted 4 people from Dhading who went to work in Uttarakhand

काठमाडौँ — उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कमा आएका छन् । उत्तरकाशीको धराली आसपासमा मजदुरी गर्न पुगेका उनीहरु मंगलबार धराली बजार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएपछि सम्पर्कविहीन हुँदा सोही विपत्तिमा परे कि भन्ने परिवारको आशंका थियो ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले रुबी भ्याली गाउँपालिकाका ५ जना र ज्वालामुखीका ४ जना उक्त घटनापछि सम्पर्कविहीन भएपनि अहिले सम्पर्कमा आएको बताए। उनका अनुसार ज्वालामुखी गाउँपालिका-२, काफलपानीका सिंहबहादुर तामाङ, लालबहादुर तामाङ, छोलामा तामाङ र फेलामा तामाङ धराली बजारमा लेदो सहितको पहिरो आएको ठाउँभन्दा पाँच सय मिटरको दुरीमा थिए । अध्यक्ष दनैले विपत्तिपछि उनीहरु सुरक्षित स्थानको खोजीमा भारतीय सेनाको सम्पर्कमा पुगेका बताए ।

उनीहरुसँग टेलीफोन कुराकानी गरेका अध्यक्ष दनैले ज्वालामुखी गाउँपालिकाका चार जना र रुबी भ्याली गाउँपालिकका ५ जना सोही क्षेत्रमा सुरक्षित रहेको सुचना आफुले पाएका बताए । उनले तिनीहरुलाई सुरक्षित रुपमा नेपालसम्म ल्याउन पालिकाले पहल गरिसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *