
जनमत पार्टीका अध्यक्ष राउतको राजीनामाको माग
जनमत पार्टीबाट निष्काशित वरिष्ठ उपाध्यक्ष ई. दीपक कुमार साहले पार्टी अध्यक्ष सीके राउतको अविलम्ब राजीनामा माग गरेका छन् । उनले अध्यक्ष सीके राउतमाथि विभिन्न आरोप लगाउँदै पार्टीलाई लोकतान्त्रिक पद्धति प्रक्रिया अनुसार आफूलाई कारबाही गरे आफू सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारेका छन् ।
अध्यक्ष राउतले पार्टीलाई निजी सम्पत्ति बनाएको, पारिवारिक पार्टीमा रूपान्तरण गरेको र भ्रष्टाचारको अवसर सिर्जना गर्ने रणनीति अपनाएको आरोप उनले लगाएका छन् । उनले आफूमाथि गरिएको कारबाहीलाई ‘सैतानी प्रवृत्ति’ को रुपमा अथ्र्याएका छन् । ‘यदि सबै सचेत कर्मवीर स्वराजीहरूले यस्तै अवस्थामा राजीनामा दिन थाले भने मधेश र समाज अझ संकटमा पर्छ’ उनले चेतावनी दिएका छन ।
