भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक (सूची)

 

उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। भारतको उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट (साउन २० र २१ गते) गएको बाढीपहिरोमा परेर ठूलो संख्यामा नेपालीहरू हराइरहेका छन्। उत्तरकाशी जिल्लामा हराउनेमा जनक बहादुर शाही ( रण बहादुर शाहीको छोरा/ उमेर ४५ वर्ष), रवि सिंह (अभि सिंहको छोरा/ उमेर २५ वर्ष), करण बहादुर (उमेर ४० वर्ष), रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खड्का, प्रभा, केशव, निर्मला खड्का, लक्ष्मण (उमेर ६० वर्ष), सुवास विक (उमेर २४ वर्ष), रमेश (उमेर २४ वर्ष), प्रिया (उमेर २२ वर्ष), दीपक मगर (तेज बहादुरको छोरा / उमेर २७ वर्ष), सुरज राना (दिल बहादुरको छोरा / उमेर ४६ वर्ष), मान बहादुर (रण बहादुरको छोरा / उमेर ४८ वर्ष), नीम बहादुर (धर्म बहादुरको छोरा / उमेर ४७ वर्ष), रवि सिंह (धन सिंहको छोरा / उमेर १८ वर्ष) र राम बहादुर (हर्क सिंहको छोरा / उमेर ४४ वर्ष) रहेका छन्। यस्तै पौडी गढवाल जिल्लामा हराएकामा नरेन्द्र खड्का (उमेर २१ वर्ष), अमृता परियार (उमेर १८ वर्ष), रोमन खड्का (उमेर १८ महिना), सन्ध्या खड्का (उमेर १७ वर्ष) र विमल विक (उमेर २१ वर्ष) रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *