एमाले महाधिवेशनमा यस्तो छ ओली समूहको ‘कोर टिम’, प्रदीप ज्ञवालीद्वारा उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार

काठमाडौं : एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया सुरू भएसँगै अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

चुनावी प्रक्रिया अघि बढेसँगै ओली पक्षले पदाधिकारीका उम्मेदवारहरूको अनौपचारिक टुङ्गो लगाएको छ।
ओली समूहबाट महासचिवमा शङ्कर पोखरेललाई अघि सारिने पक्का भएको छ। यस्तै, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम तय भएको छ।
उपाध्यक्षकै लागि प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले भने उक्त पद अस्वीकार गरेका छन्। ज्ञवालीले उम्मेदवारको टुङ्गो लागिनसकेको बताउँदै छलफल जारी रहेको प्रतिक्रिया दिएका छन्।

उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाललाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।

सचिव पदमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याललाई दोहोर्याउने तयारी छ।

त्यस्तै, सचिवमा नयाँ अनुहारका रूपमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा. राजन भट्टराईलाई उम्मेदवार बनाउने गरी छलफल भएको छ।

नेताहरूका अनुसार उप-महासचिव र सचिव पदमा अन्तिम समयमा केही हेरफेर हुन सक्ने सम्भावना छ।

सचिव पदका लागि ज्वालाकुमारी साह, शेरबहादुर तामाङ, गोरख बोगटी लगायतको पनि बलियो दाबी रहेकाले अन्तिम नामावलीमा केही तलमाथि हुन सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *