ललितपुरको लुभुमा युवकको हत्या, आफन्त नै पक्राउ

ललितपुर । ललितपुर लुभुमा एक युवकको हत्या गरिएको घटनामा आफन्त नै पक्राउ परेका छन्। हत्या गरी शव बोराभित्र राखेर इनारमा फ्याँकिएको अवस्थामा फेला परेको थियाे । महालक्ष्मी नगरपालिका–८ स्थित लुभुको तरकारी खेती गर्ने क्षेत्रमा रहेको इनारभित्र एक युवकको शव फेला परेको थियो। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हत्याको आरोपमा एक जना आफन्तलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। उनका अनुसार हत्या गर्न हम्मरको प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीको अनुमानमा हत्या मंसिर २० गते नै भएको हुनसक्ने बताइएको छ। सो दिनपछि मृतककी बहिनीले प्रहरीमा हराएको भनी निवेदन दिएकी थिइन्। यसैबीच पुस २ गते शव फेला परेको हो। शव फेला परेपछि सनाखत गरी केशवराज हायुको भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *