पूर्वगृहमन्त्री लेखकलाई बयान दिन आयोगको पत्र

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार पत्र काट्दै नेपाली कांग्रेसका नेता समेत रहेका लेखकलाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो।

आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यसपछि उत्पन्न विध्वंशका बेला गृहमन्त्रीको हैसियतमा लेखकले खेलेको भूमिका र सुरक्षा आदेशका विषयमा आयोगले स्पष्टीकरण मागेको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने मंगलबार पत्र पठाइएको छैन। यद्यपि, ओलीलाई पनि बयानमा बोलाउने तयारी अन्तिम चरणमा पुगेको र एक–दुई दिनभित्रै पत्र काटिने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *