
१३ माघ काठमाडौं । पुलिसलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड टाइगर कपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपमा आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३- ० को सोझो सेटमा पराजित गरेसँगै न्यु डायमण्डको फाइनलमा यात्रा पक्का गरेको हो ।
न्यु डायमण्डले २५-११, २५-१९, २५-२० ले जित निकाल्यो । खेलेका सबै ३ खेल जितेको शीर्ष स्थानको न्यु डायमण्डको ९ अंक छ । एपिएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एउटा टोलीले फाइनलमा स्थान बनाउनेछन् ।
थाइल्याण्ड क्विन्सको जित
यसअघि थाइल्याण्ड क्विन्सले च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।
पाँचौं दिनको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३-० को सोझो सेटमा पराजित गर्यो । थाइल्याण्डले २५-११, २५-२१, २५-१६ ले सहज जित हासिल गरेको हो ।
पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफसँग पाँचौं सेटमा पुगेर गुमाएको थाइल्याण्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मीले जितविहिन च्याम्पियनसिको अन्त्य गरेको छ । आर्मी ४ वटै खेलमा पराजित भयो ।
आज पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भलिबल एसोसिएसन तथा अर्को खेल गण्डकी र पुलिसबीच हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिवार सम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल तथा तेस्रो र चौथोले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल महिलातर्फको शुक्रवार र पुरुषतर्फको शनिवार हुनेछ।
