१६ माघ काठमाडौं । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
न्यु डायमण्डले काभा क्लब च्याम्पियनसिपको तयारीमा रहेको नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ। न्यु डायमण्ड पहिलो पटक टाइगर कपमा च्याम्पियन बनेको हो।
एक महिना लगातार तेस्रो फाइनलमा न्यु डायमण्डले पुलिसलाई हराएको छ। काठमाडौंमा गत महिना न्यु डायमण्डले एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिसलाई नै हराएको थियो।
पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा दोस्रो सेटमा केही चुनौती दिएको पुलिसले बाँकी दुई सेटमा खासै टक्कर दिन सकेन। न्यु डायमण्ड २५-११,२५-२२,२५-१६ ले विजयी भएको हो।
च्याम्पियनसिपमा खेलेका ५ खेलमा कुनै सेट नगुमाई न्यु डायमण्ड च्याम्पियन बनेको हो। हिजो एपिएफलाई हराउँदै थाइल्याण्ड क्विन्सले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको थियो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्

