अन्तर्राष्ट्रिय

सगरमाथा सम्बाद २०८१: जलवायु परिवर्तनबारे काठमाडौंमा विश्व नेताहरूको भेला

सगरमाथा सम्बाद २०८१: जलवायु परिवर्तनबारे काठमाडौंमा विश्व नेताहरूको भेला

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटक
काठमाडौं, जेठ ७ –नेपाल सरकारले “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” भन्ने मूल नारासहित काठमाडौंमा सगरमाथा सम्बाद २०८१ आयोजना गरेको छ। यो अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका राजनीतिक नेता, वातावरणविद्, वैज्ञानिक, नीति निर्माताहरू र सामाजिक अभियन्ताहरू सहभागी भएका छन्। सगरमाथा सम्बादको मुख्य उद्देश्य जलवायु परिवर्तनले हिमाली क्षेत्र, विशेषगरी हिमनदीहरू, मानव जीवन, र जैविक विविधतामा पारिरहेको असरबारे वैज्ञानिक, व्यवहारिक, र नीतिगत छलफल गर्नु हो। सगरमाथा (Mount Everest) को नामबाट चिनिने यो सम्मेलनले जलवायु संकटको मुद्दामा नेपालले विश्वसामु आफ्नो आवाज बुलन्द बनाउने प्रयास गरेको छ। सम्बादका मुख्य विशेषताहरू: आयोजक: नेपाल सरकार स्थान: काठमाडौं, नेपाल मिति: २०८१ साल जेठ पहिलो साता मूल विषय: "जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य" उद्देश्य: जलवायु...
“सगरमाथाको शिखरमा १९ पटक! केन्टन कूलको अद्भुत यात्रा”

“सगरमाथाको शिखरमा १९ पटक! केन्टन कूलको अद्भुत यात्रा”

अन्तर्राष्ट्रिय, पर्यटक
ब्रिटिश पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औं पटक सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाए काठमाडौं, जेठ ७ – ब्रिटिश पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औं पटक सफल आरोहण गर्दै गैर-शेर्पा पर्वतारोहीहरूमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान कायम गरेका छन्। कूलले यस वर्ष पुनः सगरमाथाको शिखर चुमेर विश्व पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेका हुन्।४९ वर्षीय कूलले पहिलो पटक सगरमाथा सन् २००४ मा चढेका थिए र त्यसयता उनले नियमित रूपमा आरोहण गर्दै आएका छन्। उनी केवल २०१४, २०१५, र २०२० का वर्षहरूमा मात्र चढ्न सकेनन् — ती वर्षहरू क्रमशः हिमपहिरो, भूकम्प, र कोभिड-१९ महामारीका कारण पर्वतारोहण स्थगित गरिएको थियो। कूलले आरोहणपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भने, "सगरमाथा सँधै मेरो लागि प्रेरणाको स्रोत रहँदै आएको छ। यो मेरो १९ औं यात्रा हो र म २०२६ मा २० औं पटक सगरमाथा चढ्ने लक्ष्यमा छु।...
स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २८ वैशाखः नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उप...
सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडाैंँ, २८ वैशाखः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । आज यहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफल मुलुकभित्रै सवारीसाधन अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानालगायत कर्मचारीको उपस्थिति थियो । सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्ति...
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
म्याग्दी, २८ वैशाख : धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उहाँले भन्नुभयो, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।” गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको श...
तोलामा तीन सयले घट्यो सुनको मूल्य

तोलामा तीन सयले घट्यो सुनको मूल्य

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २८ वैशाखः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
ओखलढुङ्गा, २६ वैशाख : सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ । काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने छन् । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन् । “दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भन्नुभयो, “सहभागीहरुले विद्यु...
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाखः अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनहुन्छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गर्नुभयो । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो प...
पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
पोखरा, २६ वैशाखः पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रहरूमा रोजगारीको अवसर सिर्जनासँगै चिनियाँ लगानीकर्ताहरूका लागि व्यापारिक सम्भावनालाई पनि उजागार गर्ने बुझाई व्यवसायीको छ । पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै अहिलेको उडानले चिनियाँ पर्यटक पोखरामा भित्रिने र भ्रमण वर्ष सफल हुनेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि आशावादी हुनुहुन्छ । पोखरा–छेन्दु सिधा अन्तरराष्ट्रिय उडान चिनियाँ पर्यटकलाई सिधै पोखरा ल्याउने ढोका खोलि...