
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
दमौली (तनहुँ), २८ जेठ:
उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् ।
त्यसो त यो र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बता...