Thursday, May 14News That Matters

फिचर

हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
  हेटौँडा मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो । प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो । गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ ७२.५९ क्युफिट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठसहित गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हेटौँडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरक...
यस वर्षको मौसम प्रक्षेपण पानी कम पर्छ, गर्मी चर्को हुन्छ

यस वर्षको मौसम प्रक्षेपण पानी कम पर्छ, गर्मी चर्को हुन्छ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ। सामान्यतया जेठ अन्तिम साता जुन १३ मा बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रने गर्छ र असोजको अन्तिम साता या कात्तिकको पहिलो सातासम्म मनसुन सक्रिय रहन्छ। विभागले भने जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन ऋतु भन्दै वर्षा र तापक्रमको आकलन गर्ने गरेको छ। अघिल्लो वर्षको मनसुन याम २०८२ जेठ १८ देखि असोज १४ गतेसम्म औसतभन्दा कम अर्थात् ८७.५ प्रतिशत वर्षा भएको थियो। उक्त अवधिमा १२९५.४० मिलिमिटर वर्षा भएको थियो। सामान्यतया नेपालमा मनसुन याममा १४७२ मिलिलिटर औसत वर्षा हुने अनुमान गरिन्छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा मातहतको जलवायु विश्लेषण शाखाले आइतबार यस वर्ष...
मिति गुज्रेका प्रवेश पास प्रयोग  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न

मिति गुज्रेका प्रवेश पास प्रयोग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ , स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग भइरहेको पाइएको छ । विमानस्थल उच्च स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका प्रवेश पासहरू हालसम्म पनि प्रयोगमा रहेको देखिएको हो। यस्तो लापरबाहीले सुरक्षामा चुनौती थप्ने भन्दै सरोकारवाला अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग जस्तो गम्भीर विषयले विमानस्थल सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले यसतर्फ ध्यान दिन ढिलाइ गर्न नहुने विमानस्थलकै एक अधिकारीले बताएका छन ।...
बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार
काठमाडौं ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्री र १० जना सचिवसहित ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्यो। ८ अर्ब बिगो दाबी गरिएको यस मुद्दामा मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई मात्र होइन, ठूलो सङ्ख्यामा कर्मचारीहरू समेत प्रतिवादी बनेका छन्। प्रतिवादी बन्ने सचिवहरूमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासिनी लगायतका उच्च पदस्थ कर्मचारीहरू रहेका छन्। नागरिक उड्डयनका पूर्व महानिर्देशकहरू र वर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। संगठित भ्रष्टाचारको जालो अख्तियारले मुद्दा लगाउँदैमा कोही भ्रष्टाचारी भइहाल्द...

सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, मनोरञ्जन, समाचार
काठमाडौँ गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताएका छन् । भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।” ...
परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

फिचर
भाद्र १, २०८२ काठमाडौँ — परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ । ‘भारत–नेपाल सहयोगको प्रगतिबारे समीक्षा गर्नुभयो । दुवैबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने पहलहरू तथा आपसी चासोका अन्य विषयहरूमा व्यापक छलफल भयो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले दुई देशको सम्बन्धमा जोड दिएको बताएको छ । 'छलफलमा दुवै देशबीचको दृढ सम्बन्धलाई उजागर गर्दै पारवहन, व्यापार र विकास सहकार्य लगायतका विविध विषयहरू समेटिएका थिए,’ परराष्ट्र मन्त्रालये जनाएको छ ।...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

फिचर
श्रावण २३, २०८२ तुर्कमेनिस्तान — तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।...
एआई भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : देउवा

एआई भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : देउवा

फिचर
काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए । सभापति देउवाले भने, 'आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।' उनले घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा ...
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा: सन्तुलित विदेशनीतिका संकेत

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा: सन्तुलित विदेशनीतिका संकेत

अन्तर्राष्ट्रिय, फिचर
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा: सन्तुलित विदेशनीतिका संकेत काठमाडौं, साउन ८ –नेपालका प्रधानमन्त्री केपी शर्मा ओली १४ महिनापछि भारत भ्रमणमा जान लागेका छन्। यो भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर भदौ २७ गते (सेप्टेम्बर १७) मा तय भएको बताइएको छ। यस भ्रमणलाई क्षेत्रीय कूटनीति सन्तुलनका हिसाबले विशेष महत्वका साथ हेरिएको छ।  भ्रमणको पृष्ठभूमि प्रधानमन्त्री ओलीले केही साताअघि मात्रै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। त्यस लगत्तै भारत भ्रमण तय हुनु नेपालले आफ्नो विदेश नीति सन्तुलित बनाउन खोजेको स्पष्ट संकेतका रूपमा लिइएको छ। नेपाल–भारत सम्बन्ध पछिल्ला केही वर्षदेखि उतारचढावपूर्ण रहँदै आएको छ। कालापानी, लिपुलेक लगायतका सीमाविवाद, र भारतीय नाकाबन्दीपछि दुई देशबीचको सम्बन्धमा तनाव आएको थियो। तर हाल प्रधानमन्त्री ओलीको भ्रमणले सम्बन्ध सुधारतर्...
बाटुलेचौर जग्गा प्रकरण नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको स्वर जाँच

बाटुलेचौर जग्गा प्रकरण नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको स्वर जाँच

Breaking News, फिचर
श्रावण ८, २०८२ काठमाडौँ — पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा संलग्न रहेको आरोप लागेकी पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । उजुरी परेको करिब एक महिनापछि अख्तियारले उनलाई बयानमा बोलाएको हो । सांसदसमेत रहेकी श्रेष्ठ बयानका लागि बुधबार अख्तियार कार्यालय पुगेकी थिइन् । दुई साताअघि सार्वजनिक भएको घूस ‘डिल’ को अडियोमा सुनिने आवाजसँग मेल खान्छ कि खाँदैन भनेर अख्तियारले उनको स्वर जाँच गरेको छ । पोखराको जग्गा हडप्ने प्रपञ्चमा नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ ‘बिचौलिया’ को भूमिकामा अडियोमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच घूस ‘डिल’ भएको सुनिन्छ । ...