मनोरञ्जन

‘Underside’ ब्यान्डद्वारा ‘What Divides Us’ एल्बम सार्वजनिक

‘Underside’ ब्यान्डद्वारा ‘What Divides Us’ एल्बम सार्वजनिक

मनोरञ्जन
काठमाडौं — नेपाली मेटल ब्यान्ड 'Underside' ले शनिबार काठमाडौंको Calm Restaurant मा आफ्नो नयाँ एल्बम 'What Divides Us' को औपचारिक विमोचन गरेको छ। कार्यक्रममा ठूलो संख्यामा संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो। काठमाडौंस्थित Calm Restaurant मा सम्पन्न उक्त कार्यक्रममा ब्यान्डले एल्बमका केही नयाँ गीतहरू प्रत्यक्ष प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनायो। ‘What Divides Us’ एल्बममा सामाजिक, राजनीतिक, धार्मिक कट्टरता, भ्रष्टाचार र अन्यायजस्ता विषयवस्तु समेटिएको छ। एल्बमका प्रमुख गीतहरू ‘Love Hate Love’ र ‘Prey’ विशेष चर्चामा छन्। ‘Love Hate Love’ ले मानवीय सम्बन्धमा प्रेम र घृणाको द्वन्द्वलाई चित्रण गर्दछ। ‘Prey’ गीतमा बोक्सीको आरोपलगायतका सामाजिक कुप्रथाहरूको विरोध गरिएको छ। ब्यान्डका सदस्यहरूले एल्बम निर्माणको क्रममा नेपाली मौलिकताको झल्को दिन परम्परागत वाद्ययन्त्रहरू ज...
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
ओखलढुङ्गा, २६ वैशाख : सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ । काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने छन् । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन् । “दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भन्नुभयो, “सहभागीहरुले विद्यु...
चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई

Breaking News, अर्थ, खेलकुद, पर्यटक, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाख, भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसक्नुभएको छ । काठमाडौँमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिनुभएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल हुनुभयो । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित हुनुभएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाउनुभयो । उहाँले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले ग¥यो । त्यो उहाँले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुआत गर्नुभयो । “मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्...
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाखः अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनहुन्छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गर्नुभयो । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो प...
डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाख : जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ । निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’मार्फत उजागर गर्नुभएको छ । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सा...
‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २४ वैशाखः अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताउनुभएको छ । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गर्नुभयो । “मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनाँै भन्ने लाग्छ ।” साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताउनुभयो । निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमल...
नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताउनुभयो । शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटल तुलिपमा आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहनुभएको अवरोध हट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरूको नीति पुरा...
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाखः ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहनुभएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । मह जोडीका रुपमा उहाँहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उहाँहरू दुईको इमान्दारिताको उदाहरण हो । यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाउनुभयो । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । ...
नयाँ सिरियल टुहुरी नातिनी

नयाँ सिरियल टुहुरी नातिनी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौं । केही समय यता नेपाली बजारमा धेरै किसिमका सिरियलहरु बनेका छन्। यस भन्दा अघि देखिएको र देखाइएको कथा वस्तुहरूभन्दा फरक तर समाजको एउटा वर्गले भोगिरहेको शोषण नयाँ सिरियल टुहुरी नातिनीमा देखाउन खोजिएको छ । यस सिरियलका निर्माता हुन् सुरेन्द्र खड्का । उनले नेपालमा भविष्य सुरक्षित बनाउन कल कारखाना संचालन गरे, नाम चिनीएका ठुला निर्देशकहरू संग सहकार्य गरे, चलचित्रमा समेत अभिनय गरेर छुट्टै आफ्नै पहिचान सहित नयाँ सिरियल लिएर आएका छन् । टुहुरी नातिनी सिरियलको कथा वस्तु नबिन श्रेष्ठले तयार पारेका हुन् । धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका उनले लेखन, निर्देशन, छायांकन सम्पादन समेत गर्छन् । कथाले मागेका र कथालाई न्याए पुर्याउन सक्ने कलाकार जुरेको र छायांकन स्थल पनि उत्तम भएको निर्माताको भनाइ छ । यस सिरियलमा कलाकार प्रमिला परियार, रश्मी भट्ट, भगवान भण्डारी, सुरेन्द्र खड्का, बिना खड्का, बिन...
सञ्चारिकाको अध्यक्षमा पन्थी

सञ्चारिकाको अध्यक्षमा पन्थी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाख : सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी हुनुभएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी हुनुभएको हो । त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी हुनुभएको हो । सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।...