राजनीति

जावलाखेलमा स्कुटरले ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, दुई पक्राउ

Breaking News, राजनीति, समाचार
ललितपुर । ललितपुर जावलाखेलस्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई स्कुटर चालकले ठक्कर दिएपछि लुटपाट भएको छ। बागलुङको बुर्तिवाङ घर भएकी ३७ वर्षीया सिर्पाली काठमाडौँ–१४ बस्ने र बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार थिइन्। घटनामा चार युवकहरू दुईवटा स्कुटरमा सवार भएर उनको गलाबाट करिब ११ लाख मूल्यको सिक्री लुटेर फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, असोज ५ मा भएको उक्त लुटमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएका ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोकको बलेफी घर भएका ३३ वर्षीय विनय तामाङ छन्। गंगे बहादुर तामाङ बा.९३ प ३७६७ नम्बरको स्कुटरमा सवार थिए, जुन लुटमा प्रयोग भएको स्कुटर प्रहरीले बरामद गरेको छ। सिन्धुपाल्चोकका विनय तामाङ भने नख्खु कारागारबाट भागेका थिए र लुटमा संलग्न भेटिएका थिए। जिल्ला प्र...
परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

Breaking News, राजनीति
भाद्र १, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आइतबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस वार्ताका क्रममा नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी भएको थियो । सो भेटका क्रममा मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रुपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन् । मन्त्री राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त...
बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

राजनीति
नेपालगञ्ज, २ साउन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै जान थालेका छन् । घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाब दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगञ्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले छिटफुट रुपमा पतिले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको उल्लेख गर्दै त्यस्ता कम मुद्दामा मात्रै सम्बन्ध बिच्छेदको फैसला हुने गरेको बताउनुभयो । “श्रीमान (पुरुष)ले पनि म पिडीत भए भनेर मुद्दा दर्ता गर्नुभएको हुन्छ, तर सम्बन्ध बिच्छेद कम भएको हुन्छ”, उहाँले भन्नुभयो । आर्थिक वर्ष २०८१÷८२ मा सम्बन्ध बिच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फस्र्यौट भएका छन् भने ११ मुद्दा बाँकी रहेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा सम्वन्ध बिच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४...
हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

फिचर, राजनीति
काठमाडौँ, २ साउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनुभयो । अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटाँैडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी उद्योग, कलकारखानाको पुनःसंरचना र सुधारका निम्ति माओवादी क...
दुई गर्भवतीको हवाई उद्धार

दुई गर्भवतीको हवाई उद्धार

राजनीति
गलकोट ९बागलुङ० २८ असार बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो । नेपाली सेनाको हेलिकप्टरबाट उहाँहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।...
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

राजनीति
फिक्कल (इलाम), २८ असार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनुभयो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

राजनीति
रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) ले बैठक बहिष्कार गरेका छन्।दुवै पार्टीले सरकारले ‘भ्रमण भिसा काण्ड’मा कुनै पनि प्रभावकारी छानबिन नगरेको भन्दै विरोधस्वरूप बैठकमा सहभागी हुन अस्वीकार गरेका हुन्।  बहिष्कारको कारण: भ्रमण भिसा प्रकरण हालसालै सार्वजनिक भएको भ्रमण भिसा दुरुपयोग काण्डमा सरकारी कर्मचारी तथा दलनिकट व्यक्तिहरूको संलग्नता रहेको आशंका सार्वजनिक भएपछि यो विषयले राजनीतिक तवरमै चासो पाएको छ।आरएसपी सांसद शोभिता गौतम र अनिशा नेपाली लगायतका नेताहरूले संसदभित्रै उभिएर सो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्। सांसदहरूको भनाइ शोभिता गौतमले भनिन्, “भ्रमण भिसाको नाममा वैदेशिक रोजगारी, मानव तस...
देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो – उपसभापति डा वाग्ले

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो – उपसभापति डा वाग्ले

राजनीति
काठमाडौँ, ९ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुन्छ । लामो समय नेपाली कांग्रेसमा क्रियाशील उहाँ विसं २०७९ को उपनिर्वाचनसँगै रास्वपामा प्रवेश गर्नुभएको हो । अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) सांसद वाग्ले मुलुकको आर्थिक क्षेत्रको विज्ञका रूपमा परिचित हुनुहुन्छ । आफ्नो समूहमा एसएलसी परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याइ चर्चा पाउनुभएका उहाँले केही समय राष्ट्रिय योजना आयोगको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभयो । सांसद वाग्लेसँग राससका समाचारदाता सुशील दर्नालले संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकासलगायत समसामयिक विषयमा गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश : देशको आर्थिक अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ? देशमा सुशासन नहुँदा अर्थतन्त्रले ठूलो आकार ग्रहण ...
रास्वपाको प्रश्न : मानव तस्करीको अपराधमा दुई ठूला दलको सरकार किन मौन

रास्वपाको प्रश्न : मानव तस्करीको अपराधमा दुई ठूला दलको सरकार किन मौन

Breaking News, राजनीति
असार ९, २०८२ काठमाडौँ — रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग दोहोर्‍याएको छ । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको पनि बताएको छ ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत मानव तस्करी भएको बताए । पार्टीको तर्फबाट बोलेका उनले सरकार र मन्त्री फेरिए पनि मानव तस्कर भने संगठित रूपमा अपराध गरिरहेको बताए । 'जनताको मुद्दा उठाउनु अपराध हो ? सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधै उन्मुक्त किन हुन्छन् ? मानव तस्करीको जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ,' नेपालीले भने, 'भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने अपराधमात्रै हैन मानवताको घोर अपमान हो । यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा संचालित देखिन्छ ...
राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

राजनीति
काठमाडौँ, १७ जेठः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेविरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताउनुभयो । “भविष्यमा पनि अयोग्य हुनेगरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे । विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो”, अध्यक्ष ओलीले भन्न...