विचार

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, समाचार
धरान (सुनसरी), २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उहाँले दाबी गर्नुभयो । “समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीह...
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २८ वैशाखः नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उप...
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण पाठ

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण पाठ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ । यही वैशाख २२ देखि २८ गतेसम्म प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि भएका छलफलमा १५६ सांसदले भाग लिनुभएको थियो । प्रधानमन्त्री ओलीले संसद भवन नयाँबानेश्वरमा दिनुभएको जवाफको पूर्ण पाठ यसप्रकार छ: सम्माननीय सभामुख महोदय, सम्मानीय राष्ट्रपतिज्यूूबाट विसं २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारकोतर्फबाट म सम्माननीयज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दछु । अहिलेको सरकार, यो समीकरण ...
सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडाैंँ, २८ वैशाखः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । आज यहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफल मुलुकभित्रै सवारीसाधन अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानालगायत कर्मचारीको उपस्थिति थियो । सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्ति...
देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने

देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २८ वैशाख : राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍ याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका...
सगरमाथा संवादमा गाउँघरका कुरा

सगरमाथा संवादमा गाउँघरका कुरा

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २८ वैशाखः पर्वतीय धरातलले प्रदान गरेको प्राकृतिक सौन्दर्य र जैविक विविधता, उच्च हिमाल र आकर्षक पदयात्रा मार्ग, सांस्कृतिक सम्पदा, धार्मिक र अध्यात्मिक गन्तव्य, साहसिक खेलका साथै अतिथि देवो भवःको जनभावनाले गर्दा नै नेपाल विश्वपर्यटक मञ्चमा आकर्षक गन्तव्यका रुपमा रहँदै आएको छ । यो उचाइमा पुर्‍याउने यहाँको हिमाली क्षेत्रका प्राकृतिक सम्पदाहरु र त्यहाँका बासिन्दाको महत्वपूर्ण भूमिका रहेको छ । पछिल्लो समय रसुवाको माथिल्लो भेगको वातावरण र जनजीवनमा नपत्याउने परिवर्तनहरु देखापरेका छन् । आमाछोदिङमो गाउँपालिकाका रसुवा जिल्लाका पाँच वटा गाउँपालिकामध्ये उत्तर–पश्चिममा रहेको छ । उत्तरमा चीनको तिब्बतसँग सीमा जोडिएको ६८३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस पालिकाको जनसङ्ख्या ६५०० रहेको छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न यो गाउंँपालिका जलस्रोतको दृष्टिले अत्यन्त धनी रहेको छ । उच्च प...
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
म्याग्दी, २८ वैशाख : धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उहाँले भन्नुभयो, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।” गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको श...
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
भरतपुर (चितवन), २८ वैशाखः इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उहाँले बताउनुभयो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।...
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
टक्सार (भोजपुर), २८ वैशाख ः भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो । सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताउनुभयो । उहाँले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्छ भन्नुभयो ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प...