Thursday, May 14News That Matters

विचार

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो परराष्ट्र मन्त्रालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे नियमित निगरानी भइरहेको जनाएको छ । आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जानकारी दिए । उनले भने उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि हाम्रो पूर्ववत धारणा यथावत् छ । पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य छ । उहाँहरूको सुरक्षा र हितका विषयमा निरन्तर सजग छौं। उनका अनुसार मन्त्रालयमा स्थापना गरिएको इमर्जेन्सी कन्ट्रोल रुममार्फत सञ्चालित हटलाइनहरू हालसम्म पनि सक्रिय छन् । हालसम्म उक्त कन्ट्रोल रुममा १४८ वटा टेलिफोन कल, १०७ वटा अनलाइन सन्देश प्राप्त भएका छन् भने २० जना व्यक्ति भौतिक रूपमा उपस्थित भई ३२३ पटक सम्पर्क भएको छ । पछिल्लो ४८ घण्टामा भने कुनै पनि सम्पर्क नभएको ...
अमेरिकी नाकाबन्दी छल्न चीनसँग रेल मार्फत व्यापार बढाउँदै इरान

अमेरिकी नाकाबन्दी छल्न चीनसँग रेल मार्फत व्यापार बढाउँदै इरान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
  अमेरिकाले लगाएको सामुद्रिक नाकाबन्दीको प्रभाव कम गर्न इरानले चीनसँग रेलबाट हुने व्यापार बिस्तार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी अघि चीनको केन्द्रीय सहर सियानबाट सातामा एउटा मालवाहक रेल इरानको राजधानी तेहरान जाने गर्थ्यो। तर अहिले भने प्रत्येक तीन वा चार दिनमा एउटा मालवाहक रेल जाने गरेको ब्लुमबर्गले जनाएको छ। मालबाहक रेलले लिने भाडा भने उल्लेख्य रूपमा बढेको छ। हरेक ४० फिटको कन्टेनर ढुवानी गर्ने भाडा पहिलेको तुलनामा करिब ४० प्रतिशत बढेको स्रोतहरूको हवाला दिंदै ब्लुमबर्गले लेखेको छ। कजाकिस्तान र तुर्कमेनिस्तान हुँदै इरान जाने यो रेल मार्गले अमेरिकी नाकाबन्दीको क्षतिलाई थोरै मात्रामा मात्र पूर्ति गरे पनि चीनमाथि इरानको निर्भरतालाई भने थप बढाएको छ। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम ...
८ विश्वविद्यालयका उपकुलपतिमा दरखास्त आह्वान

८ विश्वविद्यालयका उपकुलपतिमा दरखास्त आह्वान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ। उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले सूचना निकालेर दरखास्त आह्वान गरेको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त माग भएको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ ल्याएको थियो। सोही कार्य विधि अनुसार दरखास्त आह्वान भएको छ। गोरखापत्रमा जारी सूचनाअनुसार अबको १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा गई दिइएको लिंकमा दरखास्त दिन सकिनेछ।...
हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
  हेटौँडा मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो । प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो । गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ ७२.५९ क्युफिट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठसहित गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हेटौँडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरक...
यस वर्षको मौसम प्रक्षेपण पानी कम पर्छ, गर्मी चर्को हुन्छ

यस वर्षको मौसम प्रक्षेपण पानी कम पर्छ, गर्मी चर्को हुन्छ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ। सामान्यतया जेठ अन्तिम साता जुन १३ मा बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रने गर्छ र असोजको अन्तिम साता या कात्तिकको पहिलो सातासम्म मनसुन सक्रिय रहन्छ। विभागले भने जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन ऋतु भन्दै वर्षा र तापक्रमको आकलन गर्ने गरेको छ। अघिल्लो वर्षको मनसुन याम २०८२ जेठ १८ देखि असोज १४ गतेसम्म औसतभन्दा कम अर्थात् ८७.५ प्रतिशत वर्षा भएको थियो। उक्त अवधिमा १२९५.४० मिलिमिटर वर्षा भएको थियो। सामान्यतया नेपालमा मनसुन याममा १४७२ मिलिलिटर औसत वर्षा हुने अनुमान गरिन्छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा मातहतको जलवायु विश्लेषण शाखाले आइतबार यस वर्ष...
बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक

बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
सरकारले बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा सहभागी गराउन रोक लगाएको छ। सुकुम्बासीहरूको प्रदर्शनमा बालबालिकाप्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गरेर त्यस्ता गतिविधिमा रोक लगाएको हो। बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ उपदफा २ को खण्ड (छ) मा बालबालिकाहरूलाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गरेमा बालबालिका विरूद्धको कसूर गरेको मानिने व्यवस्था छ,सूचनामा भनिएको छ। सूचनामा अगाडि भनिएको छ, ‘उक्त व्यवस्था विपरित हाल बाँके जिल्लाको कोहलपुरमा सुकुम्बासीको नाममा बालबालिकाहरूलाई जुलुसमा प्रयोग गरिएको विषय सामाजिक सञ्जालमा देखिएकोले कानून विपरितका त्यस्ता गतिविधिहरू रोकथाम एवं प्रचलित कानून बमोजिम आवश्यक कारवाहीका लागि ...
ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दु अधिकारीका पिएको गोली हानी हत्या

ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दु अधिकारीका पिएको गोली हानी हत्या

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
पश्चिम बंगालमा चुनावी नतिजापछि भड्कियो हिंसा चुनावी प्रचार क्रममा चन्द्रनाथ रथ (दायाँ) गोली हानेर हत्या गरिँदा उनी यही गाडीमा सवार थिए। तस्बिर स्रोत बिबिसी पश्चिम बंगालमा चुनावी नतिजापछि भड्किएको हिंसाबीच भारतीय जनता पार्टी (भाजपा) का नेता तथा वर्तमान विपक्षी नेता शुभेन्दु अधिकारीका निजी सहायक (पिए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार यो घटना राजधानी कोलकाता नजिकैको मध्यमग्राम क्षेत्रमा भएको बताइएको छ। समाचार एजेन्सीहरूले सार्वजनिक गरेका भिडिओहरूमा रथलाई गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको देखिन्छ। आक्रमणकारीले उनी सवार गाडीमै गोली चलाएका थिए। उक्त गाडीमा विधानसभा पासको स्टिकर समेत थियो। प्रहरीले घटनामा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको भए पनि त्यसमा राखिएको नम्बर प्लेट नक्कली रहेको जनाएको छ। उल्लेखनीय कुरा के भने, हा...
पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने

पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुरुवात गरेका हुन्। नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्नेछन्। यसअघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रुपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो। नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो। नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवा...
पूर्वविशिष्टको सुविधामा सरकारको कडाइ, दोहोरो गाडी सुविधा छानबिन

पूर्वविशिष्टको सुविधामा सरकारको कडाइ, दोहोरो गाडी सुविधा छानबिन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं , राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारी साधन प्रयोग गरेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृह मन्त्रालयसँग स्पष्ट विवरण माग गरिएको हो। पत्रमार्फत पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सम्पूर्ण सुविधाको विवरण कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।...
स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले अध्यक्ष जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन। उनलाई प्रहरीले काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो। जोशीले स्मार्ट सेल सञ्चालन गर्न २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए। त्यसअनुसार अनुमति पत्र लिएर नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतस् रद्द भएको थियो। अनुमतिपत्र रद्द भएपछि त्यसको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जालको हक प्राधिकरणले नियन्त्रणमा लिएको थियो। तर उनले उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात कसुर गरेको आरोप छ।...