मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल

महोत्तरी, २९ पुसः यहाँका थारु बस्तीमा अहिले तिलासक्रायत पर्वको चहलपहल छ । मधेसको मिथिला क्षेत्रमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व थारु समुदायको मुख्य पर्व मानिन्छ । अन्त यसलाई ‘माघी’ भन्ने गरिए पनि मिथिला क्षेत्रका थारुले ‘तिलासक्रायत’ भन्ने गर्छन् ।

यस पर्वमा थारु समुदाय घरको लिपपोत तथा रङरोगन गर्छन् । चिउरा, मुरी, जुनेलो र तिलका ‘लाई’ (सख्खरको खुँदोमा मिलाएर बनाइने लड्डु) र माछा / मासुका परिकार बनाउने गर्छन् । घोंगी, माछाका सुकुटी, सिद्रा, खसी, कुखुरा र हाँसको मासु पर्वमा अनिवार्य मानिन्छ ।

यो पर्व थारु समुदायले नयाँवर्षका रुपमा मनाउँछन् । पर्वमा सङ्क्रान्तिका दिन आपसी लेनदेनको हरहिसाब गर्ने र घरका नयाँ कामको योजना बनाउने चलन छ । यस पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी, नातिनातिना सबैलाई बोलाउने र गच्छेअनुसार लत्ताकपडा, दक्षिणा दिने चलन छ । यो पर्व आफ्नो समुदायको मुख्य पर्व भएकाले रमाएर मनाइने भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारु बताउनुहुन्छ ।

थारु महिला चित्रकलामा निपूण मानिन्छन् । पर्वमा सबैले घरका भित्तामा आकर्षक चित्र बनाउँछन् । यस पर्वलाई आपसी सम्बन्ध प्रगाढ बनाउने अवसरका रुपमा लिने थारु समुदायको चलन छ । पर्वका दिन बिहानै घरमूलीले नुवाइधुवाइ गरी दालचामल छोएर बस्तीभरिका मान्यजनलाई ढोगभेट गर्दै आशिर्वाद लिने चलन छ । यसअघि कुनै कुरामा चित्त दुखे दुखाएको रहेछ भने यसपर्वमा आपसमा अङ्कमाल गरेर पुराना मन भाँचिएका कुरा बिर्सन अनुरोध गर्छन् । यो पर्वको विशेषपक्ष नै यही भएको भङ्गाहा–७ का स्थानीय चन्द्रनारायण सिंह थारु बताउनुहुन्छ ।

थारु पुरुष धोती, कुर्था र कछाड लगाउँछन् । टाउकामा गम्छाको पगरी लाउने गर्छन् । थारु महिलाले चोलो, सारी र मजेत्रोमा सजिन्छन् । गहनाको रुपमा हातमा कल्ली, घाँटीमा हसुली महिलाले लगाउने गर्छन् ।

पर्वका दिन सामूहिक रुपमा नाचगान गर्ने चलन छ । जिल्लाको भङ्गाहा र गौशाला नगरपालिका थारु समुदायको बाहुल्य भएका क्षेत्र हुन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...