Author: review khabar

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार
काठमाडौं ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्री र १० जना सचिवसहित ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्यो। ८ अर्ब बिगो दाबी गरिएको यस मुद्दामा मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई मात्र होइन, ठूलो सङ्ख्यामा कर्मचारीहरू समेत प्रतिवादी बनेका छन्। प्रतिवादी बन्ने सचिवहरूमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासिनी लगायतका उच्च पदस्थ कर्मचारीहरू रहेका छन्। नागरिक उड्डयनका पूर्व महानिर्देशकहरू र वर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। संगठित भ्रष्टाचारको जालो अख्तियारले मुद्दा लगाउँदैमा कोही भ्रष्टाचारी भइहाल्द...

सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, मनोरञ्जन, समाचार
काठमाडौँ गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताएका छन् । भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।” ...

जावलाखेलमा स्कुटरले ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, दुई पक्राउ

Breaking News, राजनीति, समाचार
ललितपुर । ललितपुर जावलाखेलस्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई स्कुटर चालकले ठक्कर दिएपछि लुटपाट भएको छ। बागलुङको बुर्तिवाङ घर भएकी ३७ वर्षीया सिर्पाली काठमाडौँ–१४ बस्ने र बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार थिइन्। घटनामा चार युवकहरू दुईवटा स्कुटरमा सवार भएर उनको गलाबाट करिब ११ लाख मूल्यको सिक्री लुटेर फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, असोज ५ मा भएको उक्त लुटमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएका ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोकको बलेफी घर भएका ३३ वर्षीय विनय तामाङ छन्। गंगे बहादुर तामाङ बा.९३ प ३७६७ नम्बरको स्कुटरमा सवार थिए, जुन लुटमा प्रयोग भएको स्कुटर प्रहरीले बरामद गरेको छ। सिन्धुपाल्चोकका विनय तामाङ भने नख्खु कारागारबाट भागेका थिए र लुटमा संलग्न भेटिएका थिए। जिल्ला प्र...
अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान, तस्करी नियन्त्रणमा सहयोग माग्दै मन्त्रालयलाई पत्र

अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान, तस्करी नियन्त्रणमा सहयोग माग्दै मन्त्रालयलाई पत्र

Breaking News
भाद्र १, २०८२ काठमाडौँ — अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान, तस्करी नियन्त्रणमा सहयोग माग्दै मन्त्रालयलाई पत्र भिजिट भिसामा विभिन्न मुलुक प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुका कागजात शंकास्पद देखिए प्रस्थान अनुमति नदिई ‘अफलोड’ गरिँदै आएकामा अब नेपाल प्रहरीमार्फत आरोपमाथि अनुसन्धान गरिने भएको छ । कागजात शंकास्पद देखिए यसअघि प्रस्थान अनुमति नदिई विमानस्थलबाटै बिना अनुसन्धान फिर्ता (अफलोड) गरिँदै आएकामा अब त्यस्ता व्यक्तिमाथि अनुसन्धान गर्न अध्यागमन विभाग र विमानस्थल अध्यागमन कार्यालयले त्यहीबाट प्रहरीको जिम्मा लगाउने भएको हो । यस्तै गिरोहको योजनामा रकम बुझाएर भिजिट भिसाका आवरणमा गएका यात्रु अध्यागमन सुरक्षा जाँचपास गरेलगत्तै दोहोरो हवाई टिकट मध्ये फिर्ता हुने टिकट पनि रद्द गर्ने गरेका तथ्यपनि भेटिएपछि य...
परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

Breaking News, राजनीति
भाद्र १, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आइतबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस वार्ताका क्रममा नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी भएको थियो । सो भेटका क्रममा मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रुपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन् । मन्त्री राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त...
सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

समाचार
 भाद्र १, २०८२ काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति पेसा नभएको बताएका छन् । उनले आफू सुकुम्बासीको छोरा भएकाले अध्यक्ष स्वीकार्न नसक्नेहरू रहेको पनि बताएका छन् । राप्रपाको महिला संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले सुकुम्बासीको छोरा भएकैले अध्यक्ष मान्न स्वीकार नगर्नेहरू रहेको बताएका हुन् । आफू निम्न वर्गीय परिवारमा हुर्किएको पनि उनको भनाइ थियो । राजनीतिमा संलग्न भएपछि आफूले कुनै बेइमानी नगरेको लिङ्देनको भनाइ थियो । पार्टीभित्र विवाद चलिरहेको बेला उनले आफूलाई अध्यक्ष स्वीकार नगर्नुको कारण पनि सुकुम्बासी निम्न परिवारको रहनु भएको बताए । 'कतिपय साथीहरूले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मान्छे हुँ भनेर मैले भन्छु नी होइन, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन्,' लिङ्देनले भने, ...
माइलस्टोनमा ८८ प्रतिशत प्रगतिसहित गृह मन्त्रालय पहिलो

माइलस्टोनमा ८८ प्रतिशत प्रगतिसहित गृह मन्त्रालय पहिलो

Breaking News
  काठमाडौँ — सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरूको कार्यप्रगतिमा गृह मन्त्रालय पहिलो भएको छ ।   गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालय बितेको पाँच वर्षयताकै उत्कृष्ट माइलस्टोन कार्यप्रगतिमा उत्कृष्ट देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गर्दै गृह मन्त्रालय प्रथम भएको छ । शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न गर्नुका साथै १३ वटा चालु आर्थिक वर्षमा जारी रहेको गृह मन्त्रालयले जनाएको छ । माइलस्टोनको प्रगति विवरणअनुसार गृह मन्त्रालयले सबैभन्दा बढी ८८ प्रतिशत र दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत सम्पन्न भएको प्...
परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

फिचर
भाद्र १, २०८२ काठमाडौँ — परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ । ‘भारत–नेपाल सहयोगको प्रगतिबारे समीक्षा गर्नुभयो । दुवैबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने पहलहरू तथा आपसी चासोका अन्य विषयहरूमा व्यापक छलफल भयो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले दुई देशको सम्बन्धमा जोड दिएको बताएको छ । 'छलफलमा दुवै देशबीचको दृढ सम्बन्धलाई उजागर गर्दै पारवहन, व्यापार र विकास सहकार्य लगायतका विविध विषयहरू समेटिएका थिए,’ परराष्ट्र मन्त्रालये जनाएको छ ।...
पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

अन्तर्राष्ट्रिय
भाद्र १, २०८२ पाकिस्तान — उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् । हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् । 'बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ', खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् । सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए । 'भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ', उद्धार एजेन...

न्याय परिषद्‍ले गर्‍यो उच्चका ८८  र जिल्लाका १२२ न्यायाधीशको सरुवा

Breaking News
श्रावण ३०, २०८२ काठमाडौँ — न्याय परिषद्‍ले ‍ जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको ठूलो संख्यामा सरुवा गरेको छ । १२२ जिल्ला न्यायाधीश र उच्च अदालतका ८८ न्यायाधीशको सरुवा भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्‌को बैठकले सरुवा गरेको हो । परिषद्‌मा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, प्रधानमन्त्रीको सिफारिस र नेपाल बारको सिफारिसमा कानुनविद् सदस्य रहन्छन् । आर्थिक वर्ष सुरु भएलगत्तै सरुवा हुनु पर्ने भए पनि करिब एक महिनापछि सरुवा भएको हो ।...