‘बेबी कर्न’ को जातिय परीक्षण सुरु

चितवन, १५ फागुन : तरकारी खाने मकै (बेबी कर्न) को जातिय परीक्षण सुरु गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो ।

कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार सिपी ८०८, जेकेएमएच ५०२, रामपुर हाइब्रिड १०, १२ र १६, एमएम ११०७ र राजकुमार जातका मकैको जातिय परीक्षण सुरु गरिएको हो । अन्य मकैको खेती गर्दै आएका किसानलाई लक्षित गर्दै यो परीक्षण सुरु गरिएको हो ।

स्थानीय विवस भट्टको जग्गामा यी जातका बेबी कर्नको परीक्षण सुरु गरिएको हो । जहाँ जातिय परीक्षण, झारपात व्यवस्थापन र मलखाद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्रध्यापक डा माधवप्रसाद न्यौपानेले यहाँ परीक्षण गर्न लागिएका सात जातमध्ये छ वटा जातको परीक्षण पहिलो पटक गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि रामपुर हाइब्रिड १० को कृषि तथा वन विज्ञान विश्व विद्यालयमा परीक्षण गरिएको थियो ।”

यो मकैको कलिलो खोयालाई तरकारी र सलादको रुपमा प्रयोग गर्न सकिने छ । यो मकैप्रति हेक्टर क्षेत्रफलमा एक लाख २५ हजार बिरुवा लगाउन सकिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लगाइएको ५० देखि ७० दिनमा उत्पादन लिई सक्नुपर्ने हुन्छ ।” यो मकै भाँच्ने समयमा ध्यान दिन नसके खान मिल्ने कलियो खोया कडा रुपमा परिणत हुने भएकाले उहाँले सतर्कतापूर्वक परीक्षण गर्न लागिएको बताउनुभयो । एकपटक लगाएको बिरुवाबाट चार पटकसम्म उत्पादन लिन सक्ने भएकाले अर्को मकैको ठाउँमा यो मकै कृषकका लागि उत्तम हुने उहाँले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले प्रदेश सरकारको स्वीकृत कार्यक्रमअनुसार चितवनमा पहिलो पटक परीक्षणका रुपमा खेती सुरु गरिएको बताउनुभयो । प्रसारका कार्यक्रम अन्तर्गत प्रबिधिको प्रयोग र नयाँ उत्पादनको खोजी गरिएको उहाँले बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र कृषि विकास कार्यालयको सहकार्यमा उन्नत प्रविधि प्रदर्शनीअन्तर्गत यो परीक्षण गरिएको हो । उहाँले भन्नुभयो, “यो बीउ परीक्षणले जिल्लामा कुन जात सफल हुन्छ भन्ने कुरालाई अनुसन्धानका लागि सहयोग पुग्ने छ ।” परीक्षणले किसानलाई जात सिफारिस गर्न सहज हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

कीर्तिपुर (काठमाडौँ), २४ वैशाखः सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषि...
‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

काठमाडौँ, २४ वैशाखः अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताउनुभएको छ । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरे...
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

महेन्द्रनगर (धनुषा), २४ वैशाखः भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्ष...
गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ

गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २४ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखापत्र संस्थानलाई सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँ...