Monday, May 4News That Matters

नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प चौबिसै घण्टा खुल्ने


काठमाडौँ, नेपाल प्रहरीले सञ्चालन गरिरहेका पेट्रोल पम्पहरू अबदेखि चौबिसै घण्टा खुल्ने भएका छन् ।

प्रहरीले उपत्यका र उपत्यका बाहिर गरी ५ वटा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ ।

नेपाल प्रहरीका एसएसपी दानबहादुर कार्कीले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै सबै पेट्रोल पम्प २४ घण्टा खोल्ने निर्णय भएको बताए का छन।

नेपाल प्रहरीले काठमाडौँको नक्साल र सामाखुसीमा २ वटा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । काठमाडौ बाहिर भने बाराको पथलैया, सप्तरीको कत्लाम र चितवनको भरतपुरमा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *