Breaking News

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

Breaking News
२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं । नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ। सोमबार काठमाडौँमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो। त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ। नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३।७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ। कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा खेम कार्कीले कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज ९यौन इच्छा दबाउने० हुनेह...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

Breaking News
२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’
पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

Breaking News
अर्घाखाँची — कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्री (पौड्याल) को निधन भएको छ । सोमबार बिहान ४ बजेतिर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।   शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका दुई छोरा विदेशमा रहेका कारण उनीहरू आएपछि मात्रै दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् । वि.सं. १९९३ सालमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–८, निमडाँडामा जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा कांग्रेसबाट अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । उनी उद्योग तथा श्रममन्त्री भएका थिए । शास्त्रीले २०१० सालतिर बनारसमा पढ्दादेखि नै कांग्रेस राजनीतिमा सक्रियता जनाएका थिए । भूमिगत अवस्थामा रहेर उनले राजनीतिक कमान्ड सम्हालेका थिए । शास्त्रीले गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्र...
प्रमुख प्रतिपक्ष बोल्दा रास्वपा सांसद वेलमा मौन

प्रमुख प्रतिपक्ष बोल्दा रास्वपा सांसद वेलमा मौन

Breaking News
असार २, २०८२ काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादीबाट शक्ति बस्नेतले बोल्ने क्रममा रास्वपा सांसदहरू सदनमा नाराबाजी रोकेर मौन बसेका छन् । सत्ता पक्षका सांसद बोल्दा वेलमा नाराबाजी गरेका उनीहरू प्रमुख प्रतिपक्षीका सांसद बोल्दा भने मौन बसेका हुन् । सत्ता पक्षसँग संसद् सञ्चालन र भिजिट भिसा प्रकरणको छानबिनमा सहमति भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र आफूहरूबीच आरोपप्रत्यारोप नहुने बताएका थिए । सोमबार पनि विपक्षी दलहरू रास्वपा र राप्रपाको विरोध जारी रहे पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिए । उनले संसद् बैठक जबर्जस्ती सञ्चालन नगर्न सभामुखलाई आग्रह गरे । यसपछि बोलेक...
राप्रपा अध्यक्ष लिङ्देनको आरोप : सभामुखले भद्रगोल तरिकाले संसद् बैठक चलाउनुभयो

राप्रपा अध्यक्ष लिङ्देनको आरोप : सभामुखले भद्रगोल तरिकाले संसद् बैठक चलाउनुभयो

Breaking News
असार २, २०८२ काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरले संसदीय परम्पराविपरीत प्रतिनिधिसभा बैठक अगाडि बढाएको आरोप लगाएका छन् । सोमबार संसद् बहिष्कारपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले संसदीय मर्यादा र परम्पराविपरीत बैठक अगाडि बढाएको बताएका हुन् ।   भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने राप्रपा र रास्वपाको माग यथावत छ । यद्यपि यही माग राख्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले भने सत्ता पक्षसँग सहमति गरी बैठकमा सहभागी भएको छ । राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । 'बजेटसम्बन्धी छलफलमा सहभागी हुने वातावरण नै सभामुखले बनाउनु भएको छैन । कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइरहेका बेला संसद् अवरुद्ध मानिन्छ । अहिले दुइटा महत्त्वपूर्ण पार्टीहरूले भिजिट भिसा प्रकर...
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

Breaking News
सोमबार, ०२ असार २०८२ काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ । जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए...

मान्छेले अन्तरिक्षमा सम्भावना खोजिरहेका छन्, हामी देशभित्रै किन नखोज्ने: अर्थमन्त्री

Breaking News
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन्। बिहीबार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताएका हुन्। ‘मान्छेले अन्तरक्षिमा सम्भावना खोजिरहेका छन्। हामीले देशभित्रैको सम्भावनालाई खोजि किन नगर्ने ? त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,' उनले भने। उनले त्यही आवश्यकतामा केन्द्रित रहेर बजेट ल्याइएको बताए। 'त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ। हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौं ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ। नयाँ प्रकारको इन...
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छग : मौसम विज्ञान विभा

एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छग : मौसम विज्ञान विभा

Breaking News
बिहीबार, २९ जेठ २०८२ काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् । कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् । उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणहरूले समेत मौसमको जानकारी लिनुपर्न...
लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’

लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’

Breaking News
 बिहीबार, २९ जेठ २०८२ काठमाडौँ । ‘सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गरौँ’ भन्ने मूल नारासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव मनिष मिश्रले ‘सहिद सन्तति वृत्ति कोष’ स्थापना गरेका छन् । लोसपाका प्रवक्ता समेत रहेका महासचिव मिश्रले आफ्नो जन्मदिनको उपलक्ष्यमा बुधवार सो कोष घोषणा गरेका हुन् । उनले सो कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् । मधेस आन्दोलनका सहिदहरूका सन्तानहरूको शैक्षिक अवसरमा सहयोग पुर्याउने उद्देश्यले सो कोषको घोषणा गरेको बताउँदै उनले सो कोषका लागि आफूले ५१ हजार रुपैयाँ प्रारम्भिक योगदानसहित अभियानको सुरुवात गरेको बताए । सो कोष मधेस आन्दोलनमा सहादत प्राप्त वीर परिवारका बालबालिकाहरूको शैक्षिक उत्थान र सामाजिक समावेशीकरणमा केन्द्रित हुनेछ । कोष कानुनी परामर्शमा आधारित विशेष कार्यदलद्वारा पारदर्शी रूपमा सञ्च...
सहकारी प्रकरण : देवकुमार नेपालीको घरजग्गा लिलाम नगर्न अदालतको आदेश

सहकारी प्रकरण : देवकुमार नेपालीको घरजग्गा लिलाम नगर्न अदालतको आदेश

Breaking News
जेष्ठ २९, २०८२ बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको घरजग्गा तत्काल लिलामी नगर्न उच्च अदालत पोखरा, बागलुङ इजलासले बैंकलाई आदेश दिएको छ ।   राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा अदालतले बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको हो । आदेशमा निजको घरजग्गाहरु लिलाम गर्ने कार्य नगर्नू/नगराउनू भन्ने उल्लेख छ । उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भइ काम गर्ने न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमावली, (२) ७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो । केही समयअघि नेपालीको बागलुङ बजारमा रहेको घरजग्गा बैंकको लिलामी प्रक्रियामा सहभागी भएर बागलुङ नगरपालिका ११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका थिए । उक्त खरिद विरुद्ध अदालतमा निषेधाज्ञा र उत्प्रेषण युक्त परम...