Sunday, April 19News That Matters

शिक्षा

बस र ट्याक्टर  ठोक्किदा २१ जना बिद्यार्थी घाइते ।।

बस र ट्याक्टर ठोक्किदा २१ जना बिद्यार्थी घाइते ।।

Breaking News, शिक्षा, समाचार, स्वास्थ्य
२० माघ काठमाडौं । रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। धान बोकेको ट्याक्टरसँग बस ठोक्किँदा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन्। नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा एकापसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। विद्यार्थी बोकेर हिँडेको बस र विपरित दिशाबाट आएको ट्याक्टर ठोक्किँदा भएको यो दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था स्थिर रहेको प्रहरीको भनाइ छ। दुर्घटनामा परेकामध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्येका अन्य ४ जना भने सामान्य उपचारपछि ...
बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार
काठमाडौं ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्री र १० जना सचिवसहित ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्यो। ८ अर्ब बिगो दाबी गरिएको यस मुद्दामा मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई मात्र होइन, ठूलो सङ्ख्यामा कर्मचारीहरू समेत प्रतिवादी बनेका छन्। प्रतिवादी बन्ने सचिवहरूमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासिनी लगायतका उच्च पदस्थ कर्मचारीहरू रहेका छन्। नागरिक उड्डयनका पूर्व महानिर्देशकहरू र वर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। संगठित भ्रष्टाचारको जालो अख्तियारले मुद्दा लगाउँदैमा कोही भ्रष्टाचारी भइहाल्द...
जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

शिक्षा
कीर्तिपुर (काठमाडौँ), २० असार मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी ...
स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
घोराही (दाङ), २८ वैशाखः घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिनुभएको छ । उहाँले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आउनुभएको छ । खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो । बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गर्नुभएको हो । तरकारीखेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताउनुभयो । “स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारीखेतीले प्रतिफल राम्रो दिँदै गएको छ”, उहाँले भन्नुभयो, “कृषि पेसामा पनि आफूले त...
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
टक्सार (भोजपुर), २८ वैशाख ः भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो । सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताउनुभयो । उहाँले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्छ भन्नुभयो ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प...
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
लमजुङ, २८ वैशाख : जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मस्र्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट ...
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
बरहथवा (सर्लाही), २६ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् । हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताउनुभयो । उहाँले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गर्नुभयो । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत ...
पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, २६ वैशाखः पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो । कथा सङ्ग्रहको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले संयुक्त रुपमा विमोचन गर्नुभयो । दुई सय ४२ पृष्ठको सङ्ग्रहमा लामा तथा छोटा गरी २१ कथाहरू समेटिएका छन् । केही कथा स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताउनुभयो । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर सङ्ग्रह प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो । विगत दुई दशक बढी समयदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चार कर्म गर्दै आउनुभएका झापालीका कथा, निबन्ध तथा अन्य फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् ।...
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कीर्तिपुर (काठमाडौँ), २४ वैशाखः सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गर्नुभएको छ । ...