Sunday, April 19News That Matters

पर्यटक

आज यि चार प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना ।।

आज यि चार प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना ।।

Breaking News, पर्यटक, समाचार
१५ माघ काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेशका थोरै र गण्डकी प्रदेशका एकदुई स्थान हल्का वर्षा भइरहेको छ। दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ। राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ। कोशी, ...
बाहिरियो वर्षा गराउने प्रणाली ।।

बाहिरियो वर्षा गराउने प्रणाली ।।

Breaking News, पर्यटक, समाचार
१४ माघ काठमाडौं । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए । उक्त प्रणालीले आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । उक्त प्रणलीले काठमाडौँमा २।२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलि...
हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार ।।

हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार ।।

Breaking News, पर्यटक, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । भारी हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएका छन। हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको हो । गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो । रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ परियारले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयताले केही ठाउँको हिउँ हटाएर यात्रुको उद्धार गरिएको उनको भनाइ छ । पातीहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा तत्काल गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रजिअ परियारले बताए । बागलुङ प्रशासन र काठमाडौँ प्रशासनसँग समन...
रसुवाको उत्तरी भेगमा हिमपात ।।

रसुवाको उत्तरी भेगमा हिमपात ।।

Breaking News, पर्यटक, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडौं । रसुवा जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो । लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको छ भने घोडातबेलासम्म हिमपात आइसकेको स्थानीयले बताएका छन् । राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ । लाङ्टाङका आधिकांश स्थानीय काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङले जानकारी दिए । यसैबीच, हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा...
चलचित्र जाँच कार्यविधिप्रति असन्तुष्टि

चलचित्र जाँच कार्यविधिप्रति असन्तुष्टि

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ प्रति फिल्मकर्मीले असन्तुष्टि जनाएका छन्। उक्त कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई समेत जाँच गर्नुपर्ने नियमप्रति उनीहरूले आपत्ति जनाएका हुन्। बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ लाई सच्याउनुपर्ने उनीहरूको धारणा छ। याे विषयमा फिल्म निर्देशक केपी पाठकले नयाँ कार्यविधिले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्‍याउने बताए। उनले भने, ‘महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो। यो प्रावधानले नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र ...
पूर्वगृहमन्त्री लेखकलाई बयान दिन आयोगको पत्र

पूर्वगृहमन्त्री लेखकलाई बयान दिन आयोगको पत्र

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार पत्र काट्दै नेपाली कांग्रेसका नेता समेत रहेका लेखकलाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो। आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यसपछि उत्पन्न विध्वंशका बेला गृहमन्त्रीको हैसियतमा लेखकले खेलेको भूमिका र सुरक्षा आदेशका विषयमा आयोगले स्पष्टीकरण मागेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने मंगलबार पत्र पठाइएको छैन। यद्यपि, ओलीलाई पनि बयानमा बोलाउने तयारी अन्तिम चरणमा पुगेको र एक–दुई दिनभित्रै पत्र काटिने आयोगले जनाएको छ।...
ललितपुरको लुभुमा युवकको हत्या, आफन्त नै पक्राउ

ललितपुरको लुभुमा युवकको हत्या, आफन्त नै पक्राउ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
ललितपुर । ललितपुर लुभुमा एक युवकको हत्या गरिएको घटनामा आफन्त नै पक्राउ परेका छन्। हत्या गरी शव बोराभित्र राखेर इनारमा फ्याँकिएको अवस्थामा फेला परेको थियाे । महालक्ष्मी नगरपालिका–८ स्थित लुभुको तरकारी खेती गर्ने क्षेत्रमा रहेको इनारभित्र एक युवकको शव फेला परेको थियो। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हत्याको आरोपमा एक जना आफन्तलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। उनका अनुसार हत्या गर्न हम्मरको प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीको अनुमानमा हत्या मंसिर २० गते नै भएको हुनसक्ने बताइएको छ। सो दिनपछि मृतककी बहिनीले प्रहरीमा हराएको भनी निवेदन दिएकी थिइन्। यसैबीच पुस २ गते शव फेला परेको हो। शव फेला परेपछि सनाखत गरी केशवराज हायुको भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भ...
जेनजी आन्दोलनका जघन्य अपराधका आरोपी छाडे अवज्ञा हुने सुरक्षा निकायको चेतावनीपछि रोकियो मुद्दा फिर्ता प्रक्रिया

जेनजी आन्दोलनका जघन्य अपराधका आरोपी छाडे अवज्ञा हुने सुरक्षा निकायको चेतावनीपछि रोकियो मुद्दा फिर्ता प्रक्रिया

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं : जेनजी आन्दोलनको पक्ष र सरकारबीच भदौ २३ र २४ गतेको घटनाको क्रममा पक्राउ परेकाहरूलाई तत्काल छाड्न भएको सहमति कार्यान्वयन नभएको भन्दै जेनजी काउन्सिलका संयोजक सुधन गुरुङले आइतबार आफ्नै सामाजिक सञ्जालमा ‘महत्वपूर्ण सूचना’ राखे। सूचनामा उनले जेनजी जनादेश प्रधानमन्त्रीबाट हस्ताक्षर पश्चात् राजपत्रमा अंकित भएर सार्वजनिक भए पनि राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेको आनाकानीका कारण, जेनजी र सरकार पक्षबीच भएको सम्झौता बमोजिम भ्रष्टाचारी र हत्यारालाई छानबिन र कारबाहीको दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै भदौ २३/२४ का आधारमा झुटा अभद्र मुद्दामा फसाएर पक्राउ गर्ने र बारम्बार रिहाइका निम्ति पीडित पक्षका परिवारलाई सघाउँदा पनि रिहाइ नभएको उल्लेख गरेका छन्। उनले सूचनामा मुद्दा र धरौटीका कारणले रिहा हुन नसकेका पीडित पक्षका परिवारले अबदेखि रिहाइका निम्ति सरकारका सुरक्षा निकायका गृहमन्त्री, गृह सचिव ...
रेलको ठक्करबाट ७ वटा हात्तीको घटनास्थलमै मृत्यु

रेलको ठक्करबाट ७ वटा हात्तीको घटनास्थलमै मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
उत्तरपूर्वी भारतमा एउटा यात्रुवाहक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतमा लगभग २२ हजार जंगली हात्तीमध्ये ४ हजार भन्दा बढी रहेको आसम राज्यमा शनिबार भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ। असमका वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीलाई उदृध गर्दै एएफपीले सात वटा हात्तीहरुको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ। मिजोरम राज्यबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ। अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणली लागू गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए। रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए ता पनि हात्तीहरु रेलमा आएर ठोक्क...
उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने

उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यात्रिक शक्तिबाट चल्ने सवारीसाधन प...