Monday, March 9News That Matters

Breaking News 1

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार
काठमाडौं ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्री र १० जना सचिवसहित ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्यो। ८ अर्ब बिगो दाबी गरिएको यस मुद्दामा मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई मात्र होइन, ठूलो सङ्ख्यामा कर्मचारीहरू समेत प्रतिवादी बनेका छन्। प्रतिवादी बन्ने सचिवहरूमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासिनी लगायतका उच्च पदस्थ कर्मचारीहरू रहेका छन्। नागरिक उड्डयनका पूर्व महानिर्देशकहरू र वर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। संगठित भ्रष्टाचारको जालो अख्तियारले मुद्दा लगाउँदैमा कोही भ्रष्टाचारी भइहाल्द...

सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, मनोरञ्जन, समाचार
काठमाडौँ गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताएका छन् । भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।” ...
भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक (सूची)

भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक (सूची)

Breaking News 1
  उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। भारतको उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट (साउन २० र २१ गते) गएको बाढीपहिरोमा परेर ठूलो संख्यामा नेपालीहरू हराइरहेका छन्। उत्तरकाशी जिल्लामा हराउनेमा जनक बहादुर शाही ( रण बहादुर शाहीको छोरा/ उमेर ४५ वर्ष), रवि सिंह (अभि सिंहको छोरा/ उमेर २५ वर्ष), करण बहादुर (उमेर ४० वर्ष), रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खड्का, प्रभा, केशव, निर्मला खड्का, लक्ष्मण (उमेर ६० वर्ष), सुवास विक (उमेर २४ वर्ष), रमेश (उमेर २४ वर्ष), प्रिया (उमेर २२ वर्ष), दीपक मगर (तेज बहादुरको छोरा / उमेर २७ वर्ष), सुरज राना (दिल बहादुरको छोरा / उमेर ४६ वर्ष), मान बहादुर (रण बहादुरको...
आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा

आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा

Breaking News 1, अन्तर्राष्ट्रिय, फिचर
काठमाडौँ — परराष्ट्र मन्त्री आरजु राणा देउवा शुक्रबारबाट दुई साताभन्दा लामो विदेश यात्रामा जाँदैछिन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सम्मेलनमा भाग लिन उनी इटली भ्रमणमा जान लागेकी हुन् ।   मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असार १३ गतेदेखि असार २९ सम्मको उनको यात्रालाई स्वीकृति प्रदान गरेको हो । रोममा हुने खाद्य तथा सुरक्षा संगठनको ४४ औं सम्मेलनमा मन्त्री राणा भाग लिनेछिन् । असार १४–२० सम्म उक्त सम्मेलन हुँदैछ । परराष्ट्र मन्त्रालयले बिहीबार राणाको भ्रमणबारे जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री राणाले सम्मेलनको मुख्य सेसनलाई सम्बोधन गर्ने छिन् । मन्त्रीको टोलीमा परराष्ट्र र कृषि मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । उक्त सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटली र जर्मनीमा लगानी बोर्डले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभाग...
दाहाल-नेपाल भेटपछि विपक्षी दलको बैठक

दाहाल-नेपाल भेटपछि विपक्षी दलको बैठक

Breaking News 1
जेष्ठ २९, २०८२ काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीका नेता पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । दुवै विपक्षी नेताबीच संसद्‍मा जारी अवरोधका विषयमा छलफल भएको थियो ।   छलफल सकिएपछि अहिले संसद् भवनमा विपक्षी दलको बैठक बसिरहेको छ । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राख्दै आएका छन् । बजेट प्रस्तुतबाहेक जेठ १३ देखि प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ ।...
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ फागुनः महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता बन्नुभएको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताउनुभयो । “हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दि...
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ८ फागुन : मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिष्दले निर्णय गरेका १३ निणर्य सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने...
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुुपर्ने कदमका विषयमा सुुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुुझाउनुुभएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो । समितिले दाङमा रहेको विश्वविद्यालयको कूल एक हजार छ सय ६२ बिघा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिघामध्ये नौ सय १० बिघा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताउनुभयो...
सरकार सुशासनमार्फत मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ : मन्त्री गुरुङ

सरकार सुशासनमार्फत मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ : मन्त्री गुरुङ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
लमजुङ, ६ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा आज जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो । अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको उहाँले बताउनुभयो । “हामी आर्थिक सुधार गर्ने चरणमा छौँ,” मन्त्री गुरुङले भन्नुभयो, “यो सरकारले राम्रा काम गरिरहेको छ ।” पुँजीगत खर्च धेरै बढाउने र रोकिएका विकासका कार्य निर्माणमा जोड दिन अहिलेको सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले लमजुङ खेलकुद र...
उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कीर्तिपुर (काठमाडौँ), ५ फागुनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुुरस्थित बर्न अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते हुनुभएका अर्थमन्त्री पौडेल दुई दिनको उपचारपछि आज डिस्चार्ज हुनुभएको हो । अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले मन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वासप्रश्वास प्रणालीका अङ्गहरू र फोक्सोमा कुनै खराबी नदेखिएकाले डिस्चार्ज गरिएको जानकारी दिनुभयो । “छालाका घाउहरू निको हुने क्रममा छन् । पुरा निको हुन एक दुई साता लाग्छ, घाउको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ”, डा नकर्मीले भन्नुभयो । सोही घटनामा जलनमा पर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही...