Monday, April 13News That Matters

ओलि लाई हराएको बालेन ले लिए प्रमाणपत्र ।।

काठमाडौं  नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रमाणपत्र प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे ।

एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा-५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् ।
बालेनको यो ऐतिहासिक जितसँगै रास्वपाले मुलुकभर नै उत्साहजनक नतिजा ल्याएको छ। काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा लोकप्रियता कमाएका बालेन आम निर्वाचनको केही समयअघि मात्रै रास्वपामा आबद्ध भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *