Sunday, April 19News That Matters

अन्तर्राष्ट्रिय

इराकको एरविल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण ।। ।।

इराकको एरविल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण ।। ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । इराकको उत्तरी क्षेत्रमा रहेको एरबिल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा ड्रोन आक्रमण भएको छ। स्थानिय  सञ्चारमाध्यमहरूका अनुसार ड्रोन खसेको क्षेत्रबाट ठूलो परिमाणमा धुवाँको मुस्लो उठिरहेको देखिएको छ, जसका कारण सो आसपासका क्षेत्रमा त्रास फैलिएको छ। घटनाको विस्तृत विवरण र यसबाट भएको क्षतिको आधिकारिक जानकारी भने अझै आउन बाँकी छ। इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणको जवाफ दिने क्रममा कुर्दिश क्षेत्रमा अवस्थित यो विमानस्थललाई दुई पटक निशाना बनाइएको थियो। यद्यपि, शनिबार भएका ती ड्रोन आक्रमणहरूलाई त्यहाँको हवाई रक्षा प्रणालीले बिचमै विफल पारिदिएको दाबी गरिएको छ। यो दुर्घटना सोही तनावको शृङ्खला हो या प्राविधिक कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। आतङ्कवादी समूह आईएसआईएस विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनको एक हिस्साका रूपमा अहिले पनि इराकको यो स्वायत्त कुर्दिश क्षेत्...
ईरानी नेता खामेनेई मारिएको ट्रम्पको दावी ।।

ईरानी नेता खामेनेई मारिएको ट्रम्पको दावी ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई  मारिएको घोषणा गरेका छन्। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन्। उनले खामेनेई र उनको समूहले विश्वभरका नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँदै उनको मृत्युलाई ‘न्याय’को संज्ञा दिएका छन्। “खामेनेईको अन्त्य भएको छ। यो इरानी जनताका लागि मात्र होइन, ती तमाम अमेरिकी र विश्वभरका नागरिकका लागि न्याय हो, जो खामेनी र उनको रक्तपिपासु समूहद्वारा मारिए वा अङ्गभङ्ग पारिए,” ट्रम्पले लेखेका छन्। इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी प्रणालीका कारण खामेनी बच्न नसकेको ट्रम्पको भनाइ छ। खामेनीसँगै इरानका अन्य श...
पाकिस्तान र अफगानिस्तान बीच सिमा क्षेत्रमा आक्रमण, दुबै पक्षको क्षति ।।।।

पाकिस्तान र अफगानिस्तान बीच सिमा क्षेत्रमा आक्रमण, दुबै पक्षको क्षति ।।।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
काठमाडौ । पाकिस्तान र अफगानिस्तानबिच सीमा क्षेत्रमा पुन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्कालाई भारी क्षति पुर्‍याएको दाबी गरेका छन्, यद्यपि यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन । पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मोशरफ जैदीका अनुसार, पाकिस्तानी सेनाले हालसम्म २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको छ भने ९ वटा कब्जामा लिएको छ। उनले १३३ तालिबान लडाकु मारिएको र २०० भन्दा बढी घाइते भएको दाबी गरेका छन्। साथै, ८० भन्दा बढी ट्यांक, तोपखाना र सशस्त्र सवारी साधनहरू नष्ट गरिएको बताइएको छ। अर्कोतर्फ, अफगानिस्तानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र दुई वटा आधार शिविर (बेस) कब्जा गरेको दाबी गरेको छ। उनीहरूले ५५ जना पाकिस्तानी सैनिक मारिएको बताएका छन्। समाचार संस्था एएफपीका अनुसार, शुक्रबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटहरू सुनिएका छन...
प्रशिक्षण विमान दुर्घटना ,तीन जनाको मृत्यु ।।

प्रशिक्षण विमान दुर्घटना ,तीन जनाको मृत्यु ।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क शहर नजिकै सोमवार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समयअनुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको थियो। क्षेत्रीय अधिकारीहरूकाअनुसार मृतकहरू सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षक हुन्। दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो। आपतकालीन स्थिति मन्त्रालयकाअनुसार उद्धार टोलीले दुर्घटनास्थलमा कुनै आगलागी नभएको बताएका छन्। स्थानीय कानून प्रवर्तन निकायहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेका छन्।...
विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ।।

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलब्ध गराउने भएको छ। वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले दिएको जानकारीअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा सहित उक्त सहायतालाई अनुमोदन गरिएको छ। जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाइनेछ। माल्दिभ्स, नेपाल तथा श्रीलंका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार गर्न सहयोग पुग्ने बताए। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक सिस्लेनले भने–‘यो परियोजनाले न...
कङ्गोको रुबाया क्षेत्रमा खानी भत्किदा कम्तीमा २०० जनाको मृत्यु ।।

कङ्गोको रुबाया क्षेत्रमा खानी भत्किदा कम्तीमा २०० जनाको मृत्यु ।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
१७ माघ काठमाडौं । अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च–२३’ आन्दोलन (एम–२३) नामक विद्रोही समूहका एक प्रवक्ताले उक्त घटनाको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश पीडितहरू खानीभित्रै माटोमा पुरिएका थिए । मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन्, जसले घटनाको गम्भीरता झन् बढाएको छ । दुर्घटनामा परेकाहरू अधिकांशजसो जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुरहरू रहेका थिए । रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरूमा एकपछि अर्को गर्दै सुरुङ भत्किने घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा रहेको बताइएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ उत्पन्न भएको छ । संयुक्त...
बेलायतका प्रधानमन्त्री किइर स्टार्मर  चिनियाँ रास्ट्रपति सी जिनपिङ संग भेटवार्ता ।।

बेलायतका प्रधानमन्त्री किइर स्टार्मर चिनियाँ रास्ट्रपति सी जिनपिङ संग भेटवार्ता ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
१५ माघ काठमाडौं । बेलायतका प्रधानमन्त्री किइर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका स्टार्मरले बिहीबार जनवरी २९ मा सिसँग भेट गरेका हुन् । यो आठ वर्षयता बेलायती प्रधानमन्त्रीको पहिलो चीन भ्रमण हो । बेलायतको आर्थिक वृद्धिदर लड्खडाइरहेको अवस्थामा स्टार्मरले चीनसँगको सम्बन्ध सुधार्न खोजिरहेका छन् । बेलायतले चीनसँग राम्रो सम्बन्ध चाहेको स्टार्मरले बताए । उनले चीनलाई ‘विश्व मञ्चमा एक महत्वपूर्ण खेलाडी’ पनि भने । बेलायत–चीन सम्बन्धले उतारचढाव अनुभव गरेको उल्लेख गर्दै राष्ट्रपति सी चिनपिङले चीन बेलायतसँग दीर्घकालीन रणनीतिक साझेदारीका लागि तयार रहेको बताए । वर्तमान विश्वव्यापी अवस्थालाई अस्थिर र परिवर्तनशील भन्दै सिले विश्वमा शान्ति र स्थिरताका लागि राम्रो संवाद आवश्यक रहेको बताए । अमेरिकासँग सम्बन्ध चिसिँदै गएको अवस्थामा पछिल्लो समय विभ...
विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ।।

विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु ।।

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, सुरक्षा र कुटनिती
१५ माघ काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।...
अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा ।।

अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१४ माघ काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ को निन्दा गरेका छन्। हामी इराकको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ,” मलिकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । “हामी यसलाई इराकको ‘लोकतान्त्रिक प्रणाली’ को उल्लङ्घन मान्छौँ । यो प्रणालीसन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि लागु भएको थियो । राष्ट्रपति ट्रम्पले मङ्गलबार मलिकीलाई शीर्ष पदका लागि चयन गरिएमा इराकले ‘धेरै खराब छनौट’ गर्ने बताएका थिए । उनले भने, “मलिकीको ‘मनपरी नीति र विचारधाराको कारण यदि उहाँ निर्वाचित भए संयुक्त राज्य अमेरिकाले इराकलाई सहयोग गर्नेछैन ।” ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’ ले मलिकीलाई इराकको नयाँ प्रधानमन्त्री...
आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश  छनोट ।।

आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश छनोट ।।

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१४ माघ काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि बंगलादेश र नेदरल्यान्ड्स छनोट भएका छन् । काठमाडौंमा भइरहेको ग्लोबल छनोटअन्तर्गत बुधबार सुपर सिक्सको खेलमा दुवै टोलीले जित निकाल्दै इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् । मुलपानी क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । समूह चरणबाटै ४ अंक लिएर आएको बंगलादेशले आजको जितपछि थप २ अंक जोडेर ६ अंक पुर्‍याएको छ । आज दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि डिएल पद्धतिअनुसार २१ रनको जित हासिल गर्‍यो । अमेरिकाले दिएको १३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोक...