Sunday, April 19News That Matters

राजनीति

ओलि लाई हराएको बालेन ले लिए प्रमाणपत्र ।।

ओलि लाई हराएको बालेन ले लिए प्रमाणपत्र ।।

Breaking News, राजनीति, समाचार
काठमाडौं । नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रमाणपत्र प्राप्त गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे । एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा-५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् । बालेनको यो ऐतिहासिक जितसँगै रास्वपाले मुलुकभर नै उत्साहजनक नतिजा ल्याएको छ। काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा लोकप्रियता कमाएका बालेन आम निर्वाचनको केही समयअघि मात्रै रास्वपामा आबद्ध भएका थिए ।...
दुर्गमका मत पेटिका हेलिकप्टरबाट संकलन गरिदै ।।

दुर्गमका मत पेटिका हेलिकप्टरबाट संकलन गरिदै ।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ । नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षितरुपमा सम्पन्न भएको जनाएको छ। निर्वाचन सम्पन्न भएपछि नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए। “निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो”, सैनिक प्रवक्ता बस्नेतले भने। आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उहाँको भनाइ छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो। ...
देशभर २ बजे सम्म खस्यो ३३ प्रतिशत मत ।।

देशभर २ बजे सम्म खस्यो ३३ प्रतिशत मत ।।

Breaking News, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर ३३ प्रतिशत मत खसेको छ। यो विवरण दिउँसो २ बजेसम्मको हो। सबैभन्दा धेरै मत काठमाडौँ उपत्यकामा खसेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी २ बजेसम्म ५ लाख ५२ हजार ८८६ मत सखेको छ, जुन कुल मतदाता संख्या ११ लाख ८५ हजार ३४७ को ४७ प्रतिशत हो। सबैभन्दा कम मधेश प्रदेशमा खसेको छ। जहाँ २ बजेसम्म २८ प्रतिशत मत खसेको छ। कुल ३२ निर्वाचन क्षेत्र रहेकामा ३६ लाख ३६ हजार ४१४ मतदाता छन् भने २ बजेसम्म १० लाख २४ हजार ४४१ मत खसेको छ। यसैगरी २८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा ३२ प्रतिशत अर्थात् ११ लाख ४९ हजार ५७१ मत, बागमतीमा (उपत्यकाबाहेक) १८ निर्वाचन क्षेत्र रहेकामा हालसम्म ३४ प्रतिशत अर्थात ८ लाख ५३ हजार ५२९ मत खसेको छ। यसैगरी १८ वटै निर्वाचन क्षेत्र रहेका गण्डकीमा ३९ प्रतिशत अर्थात् ७ लाख २४ हजार १३० मत, २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ९ लाख ७७ हज...
इराकको एरविल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण ।। ।।

इराकको एरविल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण ।। ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं । इराकको उत्तरी क्षेत्रमा रहेको एरबिल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा ड्रोन आक्रमण भएको छ। स्थानिय  सञ्चारमाध्यमहरूका अनुसार ड्रोन खसेको क्षेत्रबाट ठूलो परिमाणमा धुवाँको मुस्लो उठिरहेको देखिएको छ, जसका कारण सो आसपासका क्षेत्रमा त्रास फैलिएको छ। घटनाको विस्तृत विवरण र यसबाट भएको क्षतिको आधिकारिक जानकारी भने अझै आउन बाँकी छ। इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणको जवाफ दिने क्रममा कुर्दिश क्षेत्रमा अवस्थित यो विमानस्थललाई दुई पटक निशाना बनाइएको थियो। यद्यपि, शनिबार भएका ती ड्रोन आक्रमणहरूलाई त्यहाँको हवाई रक्षा प्रणालीले बिचमै विफल पारिदिएको दाबी गरिएको छ। यो दुर्घटना सोही तनावको शृङ्खला हो या प्राविधिक कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। आतङ्कवादी समूह आईएसआईएस विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनको एक हिस्साका रूपमा अहिले पनि इराकको यो स्वायत्त कुर्दिश क्षेत्...
ईरानी नेता खामेनेई मारिएको ट्रम्पको दावी ।।

ईरानी नेता खामेनेई मारिएको ट्रम्पको दावी ।।

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुरक्षा र कुटनिती
 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई  मारिएको घोषणा गरेका छन्। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन्। उनले खामेनेई र उनको समूहले विश्वभरका नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँदै उनको मृत्युलाई ‘न्याय’को संज्ञा दिएका छन्। “खामेनेईको अन्त्य भएको छ। यो इरानी जनताका लागि मात्र होइन, ती तमाम अमेरिकी र विश्वभरका नागरिकका लागि न्याय हो, जो खामेनी र उनको रक्तपिपासु समूहद्वारा मारिए वा अङ्गभङ्ग पारिए,” ट्रम्पले लेखेका छन्। इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी प्रणालीका कारण खामेनी बच्न नसकेको ट्रम्पको भनाइ छ। खामेनीसँगै इरानका अन्य श...
काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको अभियान तीव्र, सङ्ग्रामपुर–कागेश्वरीमा विकास र पानी मुख्य एजेन्डा ।।

काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको अभियान तीव्र, सङ्ग्रामपुर–कागेश्वरीमा विकास र पानी मुख्य एजेन्डा ।।

Breaking News, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी कुन्ती देवी पोख्रेल यसपटक बहुमतसहित विजयी हुने दाबी गर्दै घरदैलो तथा जनभेटघाटमा सक्रिय रूपमा जुटेकी छन्। पोख्रेलले चुनावमा पराजित भएपछि पनि क्षेत्र छोडेनन्। महिला शिक्षा, घरेलु सीपमूलक तालिम तथा महिला जागरण अभियानलाई निरन्तरता दिँदै उनी जनतामाझ सक्रिय रहँदै आएकी बताइन्छ। “चुनाव जितेपछि क्षेत्र फर्केर नआउने” भन्ने भाष्यलाई चिर्दै आफू निरन्तर जनतासँगै रहेको उनको दाबी छ। यसैबीच, काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत पर्ने कागेश्वरी मनोहरा नगरपालिका र सङ्ग्रामपुर क्षेत्रमा खानेपानी, फोहोर व्यवस्थापन र पूर्वाधार विकासका समस्या चुनावी बहसको केन्द्रमा परेका छन्। स्थानीयवासीका अनुसार पानीको समस्या विकराल बन्दै गएको छ भने कतिपय स्थानमा गहिर...
निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिदै ।।।

निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिदै ।।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
२० माघ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन सुदूरपश्चिम प्रदेशका मतदान केन्द्रमा कर्मचारीको व्यवस्थापन गर्ने काम भइरहेको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रमा निर्वाचन गराउन सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सरकारी स्वामित्वका कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको छ। कार्यालय प्रमुख प्रेमराज भट्टले प्रत्येक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, एक सहायक कर्मचारी र स्वयमसेवक गरी सात जनासम्म खटाउने गरी व्यवस्थापन भइरहेको र अपुग भएमा शिक्षकलाई पनि खटाउने तयारी रहेको बताए। प्रदेशका १६ निर्वाचन क्षेत्रका दुई हजार १९९ मतदान केन्द्रमा निर्वाचन गराउन कूल १५ हजार ३९३ जनशक्ति आवश्यक पर्ने कार्यालय प्रमुख भट्टले जानकारी दिए। जिल्लागत रुपमा पाँच निर्वाचन क्...
नेता सिटौला : सरकारले संघियताको मर्म अनुसार काम गर्न सकेन ।।

नेता सिटौला : सरकारले संघियताको मर्म अनुसार काम गर्न सकेन ।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
  २० माघ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन् । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको उनले बताए । संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा राखे । सिटौलाले कतिपय ठाउँमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे । उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टि...
प्रधानमन्त्री कार्की : ,अब कुनै आमाको काख नरित्तियोस् ।।

प्रधानमन्त्री कार्की : ,अब कुनै आमाको काख नरित्तियोस् ।।

Breaking News, राजनीति, समाचार
१६ माघ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।” प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिएकी छन्  ।...
गृहमन्त्री अर्याल : निर्वाचनका लागी भयमुक्त वातावरण निर्माणमा सरकारको उच्च प्राथमिकता ।।

गृहमन्त्री अर्याल : निर्वाचनका लागी भयमुक्त वातावरण निर्माणमा सरकारको उच्च प्राथमिकता ।।

Breaking News, राजनीति, समाचार, सुरक्षा र कुटनिती
१५ माघ काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिइ काम गरिरहेको बताएका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन आज निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए। मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको गृहमन्त्री अर्यालले जानकारी गराए। यसका लागि मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई काम गरिरहेको उनको भनाइ छ । “आपराधिक तथा निर्वाचन बिरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायक...