Sunday, April 19News That Matters

खेलकुद

१२ बर्षपछि विश्वकपमा नेपालको पहिलो जित ।।

१२ बर्षपछि विश्वकपमा नेपालको पहिलो जित ।।

Breaking News, खेलकुद
काठमाडौं । टि-२० विश्वकपमा सान्त्वना जितका साथ नेपालले आइसिसी टि ट्वान्टी विश्वकपको यसपटकको यात्राको अन्त्य गरेको छ। समूह चरणको अन्तिम खेलमा  नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो। नेपालले सन् २०१४ पछि विश्वकपको कुनै पनि खेल जितेको पहिलो पटक हो‌ । विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको हो। दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि १ सय ७१ लक्ष्य नेपालले ४ बल बाँकी रहँदा पूरा गर्यो । दीपेन्द्र ५० र गुलशन २४ रनमा नटआउट रहे ।‌ नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा एक रन लिँदै अर्धशतक पूरा गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए।  गुलशनले १७ बलमा १ चौका र २ छक्का प्रह...
दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

Breaking News, खेलकुद, समाचार
काठमाडौं । नेपाल लगातार तेस्रो हारसँगै भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ। नेपाल आज वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। जारी विश्वकपमा सुपर एट बाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। यसअघि समुह बी बाट ओमान सुपर एट दौडबाट बाहिरिसकेको छ। नेपाललाई हराएपछि वेष्ट इण्डिज एक खेल अगावै सुपर एटमा पुगेको छ। जारी विश्वकपमा सुपर एटमा वेष्ट इण्डिज पहिलो टोली बनेको छ। समूह सी रहेको वेष्ट इण्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्। १ सय १ सय ३४ रनको लक्ष्य वेष्ट इण्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। वेष्ट इण्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशश भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित र...
आइसीसी टि२० विश्वकपको  वार्मअप खेलमा आज नेपालले यूएई संग खेल्दै ।।

आइसीसी टि२० विश्वकपको वार्मअप खेलमा आज नेपालले यूएई संग खेल्दै ।।

Breaking News, खेलकुद, समाचार
२० माघ काठमाडौं । आइसीसी टि२० विश्वकपको वार्मअप खेलमा आज नेपालले यूएई संग खेल्दै छ । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आजको खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्। विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछन् । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ। नेपालले...
न्यु डायमण्ड पहिलो पटक टाइगर कप च्याम्पियन ।।

न्यु डायमण्ड पहिलो पटक टाइगर कप च्याम्पियन ।।

Breaking News, खेलकुद, समाचार
१६ माघ काठमाडौं । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। न्यु डायमण्डले काभा क्लब च्याम्पियनसिपको तयारीमा रहेको नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ। न्यु डायमण्ड पहिलो पटक टाइगर कपमा च्याम्पियन बनेको हो। एक महिना लगातार तेस्रो फाइनलमा न्यु डायमण्डले पुलिसलाई हराएको छ। काठमाडौंमा गत महिना न्यु डायमण्डले एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिसलाई नै हराएको थियो। पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा दोस्रो सेटमा केही चुनौती दिएको पुलिसले बाँकी दुई सेटमा खासै टक्कर दिन सकेन। न्यु डायमण्ड २५-११,२५-२२,२५-१६ ले विजयी भएको हो। च्याम्पियनसिपमा खेलेका ५ खेलमा कुनै सेट नगुमाई न्यु डायमण्ड च्याम्पियन बनेको हो। हिजो एपिएफलाई हराउँदै थाइल्याण्ड क्विन्सले प्रतियोगित...
आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश  छनोट ।।

आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश छनोट ।।

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१४ माघ काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि बंगलादेश र नेदरल्यान्ड्स छनोट भएका छन् । काठमाडौंमा भइरहेको ग्लोबल छनोटअन्तर्गत बुधबार सुपर सिक्सको खेलमा दुवै टोलीले जित निकाल्दै इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् । मुलपानी क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । समूह चरणबाटै ४ अंक लिएर आएको बंगलादेशले आजको जितपछि थप २ अंक जोडेर ६ अंक पुर्‍याएको छ । आज दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि डिएल पद्धतिअनुसार २१ रनको जित हासिल गर्‍यो । अमेरिकाले दिएको १३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोक...
आईसीसी टि-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा दिपेन्द्र सिंह ऐरी ।।

आईसीसी टि-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा दिपेन्द्र सिंह ऐरी ।।

Breaking News, खेलकुद, मनोरञ्जन, समाचार
१४ माघ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन् । नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्रको वरियता पनि परिवर्तन भएको हो । दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि लगातार चार सातासम्म दीपेन्द्र आठौं स्थानमा नै रहेका थिए । अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् । दोस्रोमा पाकिस्तानका सायम अयुब छन् । तेस्रोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् । पाँचौंमा पाकिस्तानका मोहम्मद नवाज छन् ।...
पुलिसलाई हराउँदै न्यु डायमण्ड टाइगर कपको फाइनलमा ।।

पुलिसलाई हराउँदै न्यु डायमण्ड टाइगर कपको फाइनलमा ।।

Breaking News, खेलकुद, समाचार
१३ माघ काठमाडौं । पुलिसलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड टाइगर कपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपमा आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३- ० को सोझो सेटमा पराजित गरेसँगै न्यु डायमण्डको फाइनलमा यात्रा पक्का गरेको हो । न्यु डायमण्डले २५-११, २५-१९, २५-२० ले जित निकाल्यो । खेलेका सबै ३ खेल जितेको शीर्ष स्थानको न्यु डायमण्डको‌ ९ अंक छ । एपिएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एउटा टोलीले फाइनलमा स्थान बनाउनेछन् । थाइल्याण्ड क्विन्सको जित यसअघि थाइल्याण्ड क्विन्सले च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पाँचौं दिनको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३-० को सोझो सेटमा पराजित गर्यो । थाइल्याण्डले २५-११, २५-२१, २५-१६ ले सहज जित हासिल गरेको हो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफस...
आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट बाट बाहिरियो नेपाल ।।

आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट बाट बाहिरियो नेपाल ।।

Breaking News, खेलकुद, समाचार
। १२ माघ काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट नेपाल बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् । त्यस्तै विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गु...
सलमान अली आगाको कप्तानमा टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा ।।

सलमान अली आगाको कप्तानमा टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा ।।

Breaking News, खेलकुद, समाचार
११ माघ काठमाडौँ ।। पाकिस्तानले सलमान अली आगा को कप्तानमा टी-२० विश्वकपको टोली घोषणा गरिएको छ। बंगलादेशको समर्थनमा टी-२० विश्वकप नखेलने आशय देखाए पनि पाकिस्तान क्रिकेट (पीसीबी) ले आइतबार आफ्नो टोली घोषणा गरेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा पीसीबीका उच्च प्रदर्शन निर्देशक तथा पुरुष छनोट समितिका सद आकिब जावेद, पाकिस्तानका टी-२० कप्तान सलमान अली आगा र सेतो बलका मुख्य प्रशिक्षक माइव जेम्स हेसनले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन्। सलमान अली आगालाई कप्तान बनाइएको छ । बाबर आजम, फखर जमान र शाहीन शाह अफ्रिदीज सिनियर खेलाडीहरूलाई पनि टोलीमा समावेश गरिएको छ । पाकिस्तानी टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। एक दिनअधि बंगलादेश बाहिरिएपछि पीसीबी प्रमुख मोहसिन नकवीले पाकिस्तानी सरकारले निर्देशन दिएमा पाकिस्तानी टोली पनि विश्वकप नखेलने बताएका थिए । ...
चलचित्र जाँच कार्यविधिप्रति असन्तुष्टि

चलचित्र जाँच कार्यविधिप्रति असन्तुष्टि

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ प्रति फिल्मकर्मीले असन्तुष्टि जनाएका छन्। उक्त कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई समेत जाँच गर्नुपर्ने नियमप्रति उनीहरूले आपत्ति जनाएका हुन्। बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ लाई सच्याउनुपर्ने उनीहरूको धारणा छ। याे विषयमा फिल्म निर्देशक केपी पाठकले नयाँ कार्यविधिले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्‍याउने बताए। उनले भने, ‘महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो। यो प्रावधानले नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र ...