Monday, May 4News That Matters

मोटरसाइकललाई पाँच लिटर र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली


काठमाडौं, नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो।
निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको मासिक नोक्सानीनै १० अर्ब माथि पुगेपछि खपत घटाउने विकल्प निगमले अघि सारेको हो। स्रोतका अनुसार सरकारी योजना अनुसारनै निगमले यो प्रस्ताव अघि सारेको हो।

‘पेट्रोलियम पदार्थको बढ्दो मूल्यले निगमको नोक्सानी मात्रै बढेको छैन। विदेशी सञ्चितिमा समेत प्रभाव पारेको छ। त्यसैले खपत घटाउने योजना अघि बढाउन लागिएको हो,’ निगमका एक अधिकारीले भने विगतमा पनि खपत घटाउन निगमले साताको दुई दिन बिदाको प्रस्ताव गरेको थियो। तर त्यो प्रस्ताव एक महिना पनि टिकेन।’निगमले योबाहेक खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ। ‘सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्न आवश्यक देखिन्छ,’ निगमले पठाएको सुझावमा भनिएको छ। निगमले देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ।

अहिले सार्वजनिक विदा भएपनि निजी तथा सरकारी गाडी निर्वाध रुपमा चल्छन्। निगमले विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा निस्शुल्क चार्जिङ स्टेशन निर्माण गर्न सार्वजनिक निजी पार्किङ स्थानमा विद्युतीय सवारी साधनका लागि निस्शुल्क पार्किङस्थल तोक्न सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *