विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न

मान्म (कालीकोट), ७ माघ : यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।

विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिनुभयो ।

“सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।”

विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताउनुभयो ।

विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । “वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ प्राविधिक शिक्षाको सुरुआत गरिएको थियो,” उहाँले भन्नुभयो, “बहुप्राविधिक शिक्षालय र आवास निर्माण भएको छ । त्यसले यही विद्यालयमा बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको छ ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...