Monday, May 4News That Matters

बोराभित्र युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

ललितपुरमा एक जना युवकको शव इनारभित्र फेला परेको छ।

बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ लुभूको विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारभित्र युवकको शव फेला परेको हो।

हत्या गरी बोरामा राखेर इनारभित्र शव फालिएको अवस्थामा फेला परेको हो। नजिकै तरकारी खेती गर्नेहरूले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।

उक्त शवको पहिचान खुलिसकेको थिएन। बिहीबार बिहान अनुसन्धानको क्रममा शवको सनाखत भएको परिसर प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु हुन्। उनी मंसिर २० गतेदेखि सम्पर्कबिहीन थिए।

‘कर्तव्य गरी पछि बोरामा हालेर इनारभित्र फ्याँकिएको अवस्थामा शव फेला परेको हो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

मृतक हायुको टाउकोमा गहिरो चोट देखिएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिएको छ। सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *