Monday, April 13News That Matters

देशभर २ बजे सम्म खस्यो ३३ प्रतिशत मत ।।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर ३३ प्रतिशत मत खसेको छ। यो विवरण दिउँसो २ बजेसम्मको हो।

सबैभन्दा धेरै मत काठमाडौँ उपत्यकामा खसेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी २ बजेसम्म ५ लाख ५२ हजार ८८६ मत सखेको छ, जुन कुल मतदाता संख्या ११ लाख ८५ हजार ३४७ को ४७ प्रतिशत हो।
सबैभन्दा कम मधेश प्रदेशमा खसेको छ। जहाँ २ बजेसम्म २८ प्रतिशत मत खसेको छ।

कुल ३२ निर्वाचन क्षेत्र रहेकामा ३६ लाख ३६ हजार ४१४ मतदाता छन् भने २ बजेसम्म १० लाख २४ हजार ४४१ मत खसेको छ।
यसैगरी २८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा ३२ प्रतिशत अर्थात् ११ लाख ४९ हजार ५७१ मत, बागमतीमा (उपत्यकाबाहेक) १८ निर्वाचन क्षेत्र रहेकामा हालसम्म ३४ प्रतिशत अर्थात ८ लाख ५३ हजार ५२९ मत खसेको छ।
यसैगरी १८ वटै निर्वाचन क्षेत्र रहेका गण्डकीमा ३९ प्रतिशत अर्थात् ७ लाख २४ हजार १३० मत, २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत, १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३६ प्रतिशत अर्थात् ३ लाख ६९ हजार ५१५ मत र १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत अर्थात् ५ लाख ६८ हजार ५५१ मत खसेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *