Wednesday, May 6News That Matters

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले अध्यक्ष जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन।
उनलाई प्रहरीले काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो।
जोशीले स्मार्ट सेल सञ्चालन गर्न २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएका थिए। त्यसअनुसार अनुमति पत्र लिएर नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतस् रद्द भएको थियो।
अनुमतिपत्र रद्द भएपछि त्यसको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जालको हक प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
तर उनले उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात कसुर गरेको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *