
११ माघ काठमाडौँ ।। पाकिस्तानले सलमान अली आगा को कप्तानमा टी-२० विश्वकपको टोली घोषणा गरिएको छ। बंगलादेशको समर्थनमा टी-२० विश्वकप नखेलने आशय देखाए पनि पाकिस्तान क्रिकेट
(पीसीबी) ले आइतबार आफ्नो टोली घोषणा गरेको छ।
लाहोरस्थित गद्दाफी स्टेडियममा पीसीबीका उच्च प्रदर्शन निर्देशक तथा पुरुष छनोट समितिका सद
आकिब जावेद, पाकिस्तानका टी-२० कप्तान सलमान अली आगा र सेतो बलका मुख्य प्रशिक्षक माइव
जेम्स हेसनले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
सलमान अली आगालाई कप्तान बनाइएको छ । बाबर आजम, फखर जमान र शाहीन शाह अफ्रिदीज
सिनियर खेलाडीहरूलाई पनि टोलीमा समावेश गरिएको छ । पाकिस्तानी टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।
एक दिनअधि बंगलादेश बाहिरिएपछि पीसीबी प्रमुख मोहसिन नकवीले
पाकिस्तानी सरकारले निर्देशन दिएमा पाकिस्तानी टोली पनि विश्वकप नखेलने
बताएका थिए । त्यसपछि आईसीसीले विश्वकपबाट हटेमा पीएसएलका लागि
अनुमति नदिने चेतावनीसमेत दिएको थियो।
सलमान अली आगा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ,
फखर जमान, ख्वाजा मोहम्मद नफे (विकेटकीपर), मोहम्मद नवाज, मोहम्मद
सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान (विकेटकीपर), सईम अयूब,
शाहीन शाह अफरीदी, शादाब खान, उस्मान खान ९विकेटकीपर० र उस्मान तारिक ।

