Tuesday, April 21News That Matters

अर्घाखाँचीमा दाजुद्वारा भाइको हत्या

असार १३, २०८२

अर्घाखाँची — अर्घाखाँचीमा दाजुले बञ्चरो प्रहार गरी भाइको हत्या गरेका छन्।

 

आपसमा भएको झगडाले उग्ररूप लिएपछि शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए।

दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद भइरहेको र बिहीबार राति दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बञ्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले राति १ बजे मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *