Monday, May 4News That Matters

Author: review khabar

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

Breaking News
गण्डकी, ६ जेठः लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ । यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो । सङ्घका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा सङ्घका पूर्वध्यक्ष बलराम ढकाल, सङ्घका कार्यसमिति सदस्य एलपी ढुङ्गानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो । भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गर्नुभयो । ...
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

Breaking News
मुस्ताङ, ४ जेठः पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो । नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त फिल्मका लागि करिब ३०० भ...
नोरासँगै नाचे नेपाली

नोरासँगै नाचे नेपाली

Breaking News
काठमाडौँ, ४ जेठ : भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । पहिलोपटक नेपाल आउनुभएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गर्नुभयो । उहाँले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताउनुभयो । “नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भन्नुभयो । प्रस्तुतिका क्रममा उहाँले अप्रत्याशित रूपमा नेपाली कलाक...
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

Breaking News
काभ्रेपलाञ्चोक, ४ जेठः बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो । मूर्ति निर्माणका लागि रु ४० लाख खर्च भइसकेको छ । पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताउनुभयो । उहाँका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ । नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ । केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्...
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

Breaking News
भोजपुर, ४ जेठ : रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उहाँको भनाइ छ । अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उहाँले बताउनुभयो । “गोल्मे राजा, गोल्मे रानी एक ऐतिहासिक धार्मिक क्षेत्र हो”, उहाँले भन्नुभयो, “धेरै मानिसले य...
लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

Breaking News
लमजुङ, ४ जेठः लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रुपमा लिने गरिन्छ । लमजुङको श्रीमञ्ज्याङ, घलेगाउँ, सिउरुङ, सिङ्दी, करापु, भुजुङ, गिलुङ, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, ढगैँ, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दूधपोखरी, खाँसुरगाउँलगायत गुरुङ समुदायको बाहुल्यता रहेको बस्तीमा अझै घाटु नाच देख्न पाइन्छ । वैशाख पूर्णिमाका दिनमा सुरु भएको घाट जारी छ यतिबेला । गुरुङ बस्तीमा साना नानीदेखि वृद्ध आमासम्म सबैले सजिलैसँग घाटु नाच्ने गर्दछन् । तिनैले नाचेको घाटु नाचले गुरुङ बस्तीसम्म पुग्ने सबैको मन लोभ्याउने गर्दछ । हिजोआज गुरुङ बस्तीमा पुग्ने पर्यटकलाई घाटु नाच देखाएर स्वागत गरिने प्रचलन कुनै नयाँ चलन पनि होइन । गुरुङ र गुरुङसेनीहरु गाउँमा पाहुना आएपछि हतारहतार गरी सामुदायिक भवनमा गुन्द्री ओछ्याएर घाटु नाच्न थाल्छन् । वसन्त पञ्चमीबाट स...
‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’

‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’

Breaking News
पाटन (ललितपुर), ४ जेठ: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरे व्यवस्थापनमा थप सहज हुने धारणा राख्नुभएको छ । अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिका ऐतिहासिक सांस्कृतिक धरोहरलाई जोगाउन लागिपरेको भन्दै सङ्ग्रहालय सञ्चालनको जिम्मेवारी आए थप उत्कृष्ट काम हुने बताउनुभयो । “महानगर बन्न चाहिने एउटा महत्वपूर्ण आधार सङ्ग्रहालय पनि हो तर ललितपुर महानगर आफैँमा एउटा सङ्ग्रहालयजस्तै छ । विगतमा मान्छेभन्दा मूर्ति धेरै भएको क्षेत्रका रूपमा चिनिन्थ्यो तर ७७ वटै जिल्लाबाट उपत्यकामा बसाइँसराइ गरेर आउने जनसङ्ख्याको चापाले यहाँको सङ्ग्रहालय सङ्कटमा छ । यसलाई जोगाउनका लागि पनि स्थानीय सरकारलाई आवश्यक जिम्मा दिनुपर्छ”, प्रमुख महर्जनले भन्नुभयो । ...

नृत्य निर्देशकसहित दुई जनालाई सम्मान

Breaking News
नेपालगञ्ज, ४ जेठ : चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले मोफसलमा रहेका नृत्य निर्देशकसहित दुई जनालाई आज सम्मान गरेको छ । चलचित्र पत्रकार सङ्घको २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । दुवैजनालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौँ म्युजिक भिडियो र लघुचलचित्र निर्देशन गर्नुभएको छ । चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्नेगरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले कलाकार, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काका परिपूरक भएका उल्लेख गर्दै चलचित्र पत्रकार सङ्घले सबै निकायबीच समन्वय बढाउन भूमिका खेलिर...
पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

Breaking News
काठमाडौँ, ४ जेठः नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका ...
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

Breaking News
परवानीपुर (पर्सा), ४ जेठः खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताउनुभयो । मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।” शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवन...