Monday, May 4News That Matters

खेलकुद

मोटरसाइकललाई पाँच लिटर र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली

मोटरसाइकललाई पाँच लिटर र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं, नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो। निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको मासिक नोक्सानीनै १० अर्ब माथि पुगेपछि खपत घटाउने विकल्प निगमले अघि सारेको हो। स्रोतका अनुसार सरकारी योजना अनुसारनै निगमले यो प्रस्ताव अघि सारेको हो। ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्यले निगमको नोक्सानी मात्रै बढेको छैन। विदेशी सञ्चितिमा समेत प्रभाव पारेको छ। त्यसैले खपत घटाउने योजना अघि बढाउन लागिएको हो,’ निगमका एक अधिकारीले भने विगतमा पनि खपत घटाउन निगमले साताक...
ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एघार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ११ रूपैयाँ १८ पैसा र डिजेलमा पाँच रूपैयाँ ३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।...
सामाजिक सुरक्षा कोषमार्फत श्रमिकलाई ठूलो राहत, डेढ करोडसम्म सापटी योजना

सामाजिक सुरक्षा कोषमार्फत श्रमिकलाई ठूलो राहत, डेढ करोडसम्म सापटी योजना

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं ,सरकारले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकका लागि डेढ करोडसम्मको घरघडेरी सापटी कार्यक्रम घोषणा गरेको छ । सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सामाजिक सुरक्षा कोषबाट लाभग्राही श्रमिकका लागि डेढ करोडसम्मको घरघडेरी सापटी कार्यक्रम घोषणा गरेका हुन् । मन्त्री यादवले सामाजिक न्यूनतम् ६ प्रतिशत व्याजदरमा डेढ करोडसम्मको घरघडेरी सापटी कार्यक्रमको घोषणा गरेको मन्त्रालयका प्रवक्ता मेघनाथ रिमालले जानकारी दिए । उनका अनुसार १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १० को अवसरमा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री यादवले शुभकामना भिडियो सन्देश दिँदै उक्त घोषणा गरेका हुन् । मन्त्री यादवले भिडियो सन्देशमार्फत् पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको पनि औपचारिक शुभारम्भ गरिएको बताएका थिए । उनले विदेशस...
नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प चौबिसै घण्टा खुल्ने

नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प चौबिसै घण्टा खुल्ने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, नेपाल प्रहरीले सञ्चालन गरिरहेका पेट्रोल पम्पहरू अबदेखि चौबिसै घण्टा खुल्ने भएका छन् । प्रहरीले उपत्यका र उपत्यका बाहिर गरी ५ वटा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । नेपाल प्रहरीका एसएसपी दानबहादुर कार्कीले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै सबै पेट्रोल पम्प २४ घण्टा खोल्ने निर्णय भएको बताए का छन। नेपाल प्रहरीले काठमाडौँको नक्साल र सामाखुसीमा २ वटा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । काठमाडौ बाहिर भने बाराको पथलैया, सप्तरीको कत्लाम र चितवनको भरतपुरमा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ ।...
मिति गुज्रेका प्रवेश पास प्रयोग  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न

मिति गुज्रेका प्रवेश पास प्रयोग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ , स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग भइरहेको पाइएको छ । विमानस्थल उच्च स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका प्रवेश पासहरू हालसम्म पनि प्रयोगमा रहेको देखिएको हो। यस्तो लापरबाहीले सुरक्षामा चुनौती थप्ने भन्दै सरोकारवाला अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग जस्तो गम्भीर विषयले विमानस्थल सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले यसतर्फ ध्यान दिन ढिलाइ गर्न नहुने विमानस्थलकै एक अधिकारीले बताएका छन ।...
१२ बर्षपछि विश्वकपमा नेपालको पहिलो जित ।।

१२ बर्षपछि विश्वकपमा नेपालको पहिलो जित ।।

Breaking News, खेलकुद
काठमाडौं । टि-२० विश्वकपमा सान्त्वना जितका साथ नेपालले आइसिसी टि ट्वान्टी विश्वकपको यसपटकको यात्राको अन्त्य गरेको छ। समूह चरणको अन्तिम खेलमा  नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो। नेपालले सन् २०१४ पछि विश्वकपको कुनै पनि खेल जितेको पहिलो पटक हो‌ । विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको हो। दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि १ सय ७१ लक्ष्य नेपालले ४ बल बाँकी रहँदा पूरा गर्यो । दीपेन्द्र ५० र गुलशन २४ रनमा नटआउट रहे ।‌ नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा एक रन लिँदै अर्धशतक पूरा गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए।  गुलशनले १७ बलमा १ चौका र २ छक्का प्रह...
दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

दिपेन्द्र सिंह ऐरीको अर्धशतक संगै नेपालको तेस्रो हार,वेस्ट एन्डिज सुपर एटमा ।।

Breaking News, खेलकुद, समाचार
काठमाडौं । नेपाल लगातार तेस्रो हारसँगै भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ। नेपाल आज वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। जारी विश्वकपमा सुपर एट बाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। यसअघि समुह बी बाट ओमान सुपर एट दौडबाट बाहिरिसकेको छ। नेपाललाई हराएपछि वेष्ट इण्डिज एक खेल अगावै सुपर एटमा पुगेको छ। जारी विश्वकपमा सुपर एटमा वेष्ट इण्डिज पहिलो टोली बनेको छ। समूह सी रहेको वेष्ट इण्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्। १ सय १ सय ३४ रनको लक्ष्य वेष्ट इण्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। वेष्ट इण्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशश भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित र...
आइसीसी टि२० विश्वकपको  वार्मअप खेलमा आज नेपालले यूएई संग खेल्दै ।।

आइसीसी टि२० विश्वकपको वार्मअप खेलमा आज नेपालले यूएई संग खेल्दै ।।

Breaking News, खेलकुद, समाचार
२० माघ काठमाडौं । आइसीसी टि२० विश्वकपको वार्मअप खेलमा आज नेपालले यूएई संग खेल्दै छ । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आजको खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्। विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछन् । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ। नेपालले...
न्यु डायमण्ड पहिलो पटक टाइगर कप च्याम्पियन ।।

न्यु डायमण्ड पहिलो पटक टाइगर कप च्याम्पियन ।।

Breaking News, खेलकुद, समाचार
१६ माघ काठमाडौं । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। न्यु डायमण्डले काभा क्लब च्याम्पियनसिपको तयारीमा रहेको नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ। न्यु डायमण्ड पहिलो पटक टाइगर कपमा च्याम्पियन बनेको हो। एक महिना लगातार तेस्रो फाइनलमा न्यु डायमण्डले पुलिसलाई हराएको छ। काठमाडौंमा गत महिना न्यु डायमण्डले एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिसलाई नै हराएको थियो। पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा दोस्रो सेटमा केही चुनौती दिएको पुलिसले बाँकी दुई सेटमा खासै टक्कर दिन सकेन। न्यु डायमण्ड २५-११,२५-२२,२५-१६ ले विजयी भएको हो। च्याम्पियनसिपमा खेलेका ५ खेलमा कुनै सेट नगुमाई न्यु डायमण्ड च्याम्पियन बनेको हो। हिजो एपिएफलाई हराउँदै थाइल्याण्ड क्विन्सले प्रतियोगित...
आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश  छनोट ।।

आईसीसी महिला टि-२० विश्वकपमा नेदरल्यान्ड र बंगलादेश छनोट ।।

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१४ माघ काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि बंगलादेश र नेदरल्यान्ड्स छनोट भएका छन् । काठमाडौंमा भइरहेको ग्लोबल छनोटअन्तर्गत बुधबार सुपर सिक्सको खेलमा दुवै टोलीले जित निकाल्दै इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् । मुलपानी क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । समूह चरणबाटै ४ अंक लिएर आएको बंगलादेशले आजको जितपछि थप २ अंक जोडेर ६ अंक पुर्‍याएको छ । आज दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि डिएल पद्धतिअनुसार २१ रनको जित हासिल गर्‍यो । अमेरिकाले दिएको १३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोक...