खेलकुद

आज अन्तरराष्ट्रिय खेल दिवस

आज अन्तरराष्ट्रिय खेल दिवस

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौँ, २८ जेठ ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ । संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

खेलकुद
काठमाडौँ, २८ जेठः आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन/तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे । नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...
स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

खेलकुद
२५ जेठ २०८२, आइतबार काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी खेलमा नेपालले विशाल लक्ष्य पाएको हो । स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो । स्कटल्याण्डका लागि कप्तान रिची ब्यारिङ्टनले शतकीय पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । त्यसैगरी, माइकल लिस्कले नट आउट ९६ रन जोडे । केबल ६२ बलको सामना गरेका उनले १२ चौका र ३ छक्का हिर्काए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई विकेट लिए । ललीत राजवंशीले एक विकेट हात पारे । नेपालले गत बुधबार भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टो...
राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

खेलकुद
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १७ जेठ  प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबीच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गङ्गा दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरूषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी तौलभन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुनेछ । यसवर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाडी सबैलाई समेट्ने गरी राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो । प्रतिष्ठानले विभिन्न समयमा भरतपुरमा तेश्रो संस्करणसम्मको साइकलिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सबै जिल्ला, प्रदेश तथा विभिन्न क्लबका महिला पुरूष ग...
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात

फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात

खेलकुद
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज साँझको बहुप्रतिक्षित एलिमिनेटर खेलमा गुजरात टाइटन्स (GT) र मुम्बई इन्डियन्स (MI) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल आज साँझ ७:३० बजे मल्लनपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। यो एलिमिनेटर खेलको विजेता जुन १ मा हुने क्वालिफायर २ मा पंजाब किंग्ससँग भिड्नेछ, जहाँ विजेताले फाइनलमा रॉयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। तर मौसमले पनि आजको खेललाई चुनौती दिइरहेको छ। मौसम विभागका अनुसार मल्लनपुरमा साँझपख वर्षाको सम्भावना छ। यदि खेल वर्षाका कारण रद्द भयो भने, लिग चरणमा उच्च स्थानमा रहेको गुजरात टाइटन्स स्वत: क्वालिफायर २ मा स्थान बनाउनेछ। दुवै टोलीका लागि यो “कर या मरो” अवस्था हो। युवा प्रतिभा र अनुभवी खेलाडीले भरिपूर्ण यी दुई टोलीबीचको खेलले दर्शकहरूलाई उच्च रोमाञ्च दिने अपेक्षा गरिएक...
दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिला र नुनथला फुटबल क्लब फाइनलमा

दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिला र नुनथला फुटबल क्लब फाइनलमा

खेलकुद
खोटाङ, ९ जेठ : बाक्सिला फुटबल क्लब र नुनथला फुटबल दिक्तेलमा जारी ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को फाइनलमा प्रवेश गरेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा हलेसी तुवाचुङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बाक्सिला फुटबल क्लब तथा नेर्पा स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै नुनथला फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । हलेसी तुवाचुङ र बाक्सिला फुटबल क्लबबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफमा बाक्सिला पुटबल क्लबका जर्सी नं. ३० का सामेल राईले गर्नुभएको गोल नै फाइनलका लागि निर्णायक बनेको थियो । निक्कै रोचक प्रतिस्पर्धा भएको सेमिफाइनलको पहिलो खेलमा बाक्सिला फुटबल क्लबका सामेलले दोस्रो हाफको ६० औँ मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई फाइनल प्रवेश गराउनुभएको हो । नुनथला फुटबल क्लब र नेर्पा स्पोर्टस् क्लबबीच शुक...
नेपालको पहिलो पम्प ट्र्याकमा विश्व च्याम्पियनसिप छनोट प्रतियोगिता हुने

नेपालको पहिलो पम्प ट्र्याकमा विश्व च्याम्पियनसिप छनोट प्रतियोगिता हुने

खेलकुद
०८२ जेठ ८, काठमाडौं नेपालको पहिलो पम्प ट्र्याकमा विश्व च्याम्पियनसिप छनोट प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो, जसले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ। नेपाल माउन्टेन बाइकिङ एसोसिएसन (NMBA) को आयोजनामा हुन लागेको यो कार्यक्रम UCI (Union Cycliste Internationale) अन्तर्गतको आधिकारिक छनोट प्रतियोगिता हो, जसको विजेताले आगामी विश्व पम्प ट्र्याक च्याम्पियनसिप २०२५ मा नेपाल प्रतिनिधित्व गर्न पाउनेछन्। पम्प ट्र्याक के हो? पम्प ट्र्याक एक प्रकारको सर्कुलर साइकलिङ ट्र्याक हो, जसमा खेलाडीहरूले बिना प्याडलिङ शरीरको ‘पम्पिङ’ गति प्रयोग गरी गतिशीलता कायम राख्ने गर्छन्। यो ट्र्याक द्रुत गति, सन्तुलन, र लचिलोपन जस्ता विशेषतामा आधारित हुन्छ, जुन विश्वभरि नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ। प्रत...
स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

स्थिर नीति, कर सुधार र लगानी अनुकूल वातावरण बनाउन माग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २८ वैशाखः आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्‍याएका छन् । निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आज बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ । यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन...
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, समाचार
धरान (सुनसरी), २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उहाँले दाबी गर्नुभयो । “समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीह...
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २८ वैशाखः नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उप...