चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
तनहुँ २३ चैतः जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै संरचना निर्माण सम्पन्न भएपनि विद्युत् ट्रान्समिटर जडानमा समस्या हुँदा एक वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको हो ।
एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले विशेष पूजापछि आलु भण्डारण गरेर उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । विसं २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो ।
विद्युत् प्राधिकरणले ‘थ्री फेज’को ट्रान्समिटर जडान गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारी...










