Wednesday, May 13News That Matters

अर्थ

प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण

प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
मलङ्गवा (सर्लाही), ६ फागुनः राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफूल वितरण गरिएको हो । संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोलगायतले प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुभएको हो । जिल्लामा प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय भएको छ । दिवसको मुख्य दिन बुधबार सदरमुकाम मलङ्गवामा प्रभातफेरी, झण्डोत्तोलन तथा मञ्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको...
सरकार सुशासनमार्फत मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ : मन्त्री गुरुङ

सरकार सुशासनमार्फत मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ : मन्त्री गुरुङ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
लमजुङ, ६ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा आज जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो । अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको उहाँले बताउनुभयो । “हामी आर्थिक सुधार गर्ने चरणमा छौँ,” मन्त्री गुरुङले भन्नुभयो, “यो सरकारले राम्रा काम गरिरहेको छ ।” पुँजीगत खर्च धेरै बढाउने र रोकिएका विकासका कार्य निर्माणमा जोड दिन अहिलेको सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले लमजुङ खेलकुद र...
मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ–मन्त्री गुरुङ

मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ–मन्त्री गुरुङ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ६ फागुन : करिब १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई जनता सत्ता सञ्चालनमा सहभागी हुन पाएको दिनका रुपमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय दिवसका रुपमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । नेपाली जनताले बोल्न, लेख्न, सङ्गठित हुन र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार प्राप्त गरी विधिको शासन सुनिश्चित गर्ने प्रक्रिया सुरु भएको यस दिनको महत्वलाई जीवन्त राख्नुपर्नेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ जोड दिनुहुन्छ । प्रजातन्त्र दिवसका अवसरमा राससकर्मी कृष्ण अधिकारी र कालिका खड्कासँगको कुराकानीमा मन्त्री गुरुङले लोकतन्त्रको आधारभूत मूल्य मान्यता स्थापित गर्न महत्वपूर्ण अभियानको रुपमा यस दिवसलाई स्मरण गर्दै सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । प्रेससँग सम्बन्धित विगतका कानुनमा समसामयिक सुधार गरी सङ्घीयताको मर्म र भावनालाई स्थानीय तहसम्मै अनुभूत गर्ने गरी...
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
महोत्तरी, ६ फागुनः चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ । “चिस्यानघर बन्ने आशा थियो,” बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भन्नुभयो, “तर निर्माण रोकिएपछि आश म-यो ।” विसं २०७५ मा सुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउनुहुन्छ । विसं २०७५ मा नगरपालिकाले चिस्यानघर निर्माण सुरु गरेको थियो । विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यानघर निर्माण सुरु गरिएको थियो कुल रु २२ करोड अनुमानित लागतमा बन्न थालेको चिस्यानघर तीन हजार मेट्रिक टन कृषि उत्पादन सुरक्षण गर्ने क्षमताको हुने लागत अनुमानमा उल्लेख छ...
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, फिचर, राजनीति, विज्ञान प्रविधि, समाचार
सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैैछ । अधिकारीहरूले यसलाई सहज र सुरक्षित रूपमा निकाल्न सकेको खण्डमा आगामी साढे दुई हप्तामा तीनवटा सहरमा च्याम्पियन्स ट्रफी आयोजना गर्दा दक्षिण एसियाली यस राष्ट्रको प्रतिष्ठामा ठूलो बढोत्तरी हुनेछ । “पाकिस्तान एक सुरक्षित देश हो र यो प्रशासनको दृष्टिकोणबाट यस्तो विश्वव्यापी प्रतियोगिता गर्न सक्षम छ भनेर विश्वलाई विश्वास दिलाउन गम्भीर मेहनत र विश्वास दिलाउन आवश्यक थियो”, पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का पूर्वअध्यक्ष रमिज राजाले भन्नुभयो, “विश्वले अन्ततः हाम्रो दृष्टिकोण बुझ्यो ।” राजाको कार्यकालमा सन् २०२१ मा यो प्रतियोगिता प्रदान गरिएको थियो । लामो समयदेखि चलिरहे...
प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ

प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, ६ फागुन (रासस): हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ । राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा पहिले पनि भएको पाइन्छ, जसको मुख्य आधारका रुपमा १९९७ सालको प्रजापरिषद्को जनविद्रोहको आवाज थियो, जसलाई राणाशासनले कुल्चियो र नेपालका महान् सपूतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाललाई मृत्युदण्ड दिइएको थियो । ...
मह आयात रोक्न माग

मह आयात रोक्न माग

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, स्वास्थ्य
घोराही (दाङ), ६ फागुनः महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताउनुभयो । घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा चुन्वाङ एपिकल्चर मौरीफार्ममार्फत व्यावसायिक मौरीपालन गर्दै आउनुभएका ओलीले चरन अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।” विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादिका कारण, जलवायु परिवर्तन, तोरीको उत्पादनमा कमी आउँछ भन्ने गलत धारणालगायत कारणले पनि किसान समस्यामा पर्ने गरेका छन् । उहाँले भन्नुभयो, “किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँ...
धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता

धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा–सम्झौता

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काभ्रेपलाञ्चोक, ५ फागुनः यहाँको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच आज वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा आज बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरप्रमसख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटकीय नगर धुलिखेलमा फिल्म स्टुडियो निर्माणले धुलिखेलको सुन्दरतालाई थप उचाइमा पुर्याउने बताउनुभयो । “नेपालमै पहिलो स्वस्थ सहरको दर्जा पाएकामा धुलिखेललाई बधाई छ, फिल्म सिटीले धुलिखेलाई अझ सुन्दर बनाउने छ, यसलाई गौरवको विषय मान्नुपर्छ”, उहाँले भन्नुभयो । ...
देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
देउखुरी (दाङ), ५ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उहाँले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो । स्थानीय समुदायल...
जिम्मेवार पत्रकारिताका लागि रासस पहिलो श्रेणीमा

जिम्मेवार पत्रकारिताका लागि रासस पहिलो श्रेणीमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
बनियानी (झापा), ५ फागुनः जिम्मेवार पत्रकारिताका लागि राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषय कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशतभन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको उल्लेख गर्दै यसरी समाचार प्रयोग गर्दा स्रोत खुलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरेलले आमनागरिकको अपेक्षाअनुसार आफ्ना समाचार उत्पादन गर्नुपर्नेमा बताउनुभयो । नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले राससजस्तो प्रभावकारी माध्यमले उत्पादन गर्ने समाचार...