तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
रामपुर (पाल्पा), २७ चैतः पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन ।
रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले हातमा सीप, आफूमा जाँगर, इच्छा शक्ति भयो भने इँटा पोलेर फालिएको पत्थरीलो जग्गा पनि हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । दाजुभाइको निरन्तरको मेहनत र पसिनाले पत्थरीलो जमिनलाई मलजल, सिँचाइ व्यवस्थापन गर्दै जाँदा अहिले कमाउने आधार बनेको छ ।
थापा दाजुभाइ एक दशक वैदेशिक रोजगारबाट फर्केर तरकारीखेतीमा लाग्नुभएको छ । उहाँहरूले करिब दश रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको हो ।
थापा दाजुभाइले ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरेर विगत छ वर्षदेखि बेमौसमी तरकारी उत्...










