Tuesday, May 5News That Matters

प्रदेश

जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
राँझा (बाँके), २१ चैत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताउनुभएको छ । अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गर्नुभयो । “विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उहाँले भन्नुभयो, “हामी सच्चिन तयार छाँै, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।” हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष द...
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका क्षेत्रीय कार्यकारी सचिवको भेट

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका क्षेत्रीय कार्यकारी सचिवको भेट

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
बैङ्कक, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले भेट गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग कार्यकारी सचिव सलैहले आज भेट गर्नुभएको हो । भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिका सहयोगका विषयमा कुराकानी भएको थियो ।...
बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित

बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कोहलपुर (बाँके), २१ चैतः बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा रु सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ । ‎ ‎ स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाउनुभएको छ । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्...
गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, २१ चैतः धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली आज यहाँ आइपुगेको छ । स्वामी कमलनयनाचार्यको नेतृत्वमा यही चैत १८ गजेन्द्रमोज्ञनारायणदेखि सुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हँुदै म्याग्दी आएको हो । भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले बेनीमा स्वागत गर्नुभएको थियो । बेनी बजारवासीले घरअगाडि जलघडा राखेर स्वागत गरेका छन् । बेनीदेखि धार्मिक स्थल गलेश्वर मन्दिरसम्म पैदलयात्रा गरेको रथयात्राको टोली २४ गते मुक्तिनाथ पुगेर छमहिने धार्मिक महोत्सव सुरु गर्ने कार्यक्रम छ । वैदिक सनात...
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
राँझा (बाँके), २१ चैतः विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेकोे छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्री भएको छ । गत आवको सोही अवधिसम्ममा पेट्रोल १७ हजार ९२७ केएल, डिजेल ४८ हजार ३९० केएल, मट्टितेल ३२० केएल र एलपी ग्यास ३० हजार २९३ केएल बिक्री भएको थियो । ...
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार
बैङ्कक, २१ चैतः प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा यहाँ रहनुभएका प्रधानमन्त्री ओलीले श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियासँग भेटवार्ता गर्नुभएको हो । बिम्स्टेकसहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री डा आरजुराणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आयोजित कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ...
एआइटीमा सम्बोधन- मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यकः प्रधानमन्त्री

एआइटीमा सम्बोधन- मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यकः प्रधानमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
बैङ्कक, २१ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताउनुभएको छ । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहनासहितको खुसीभन्दा अर्काे ठूलो कुरा नभएको धारणा व्यक्त गर्नुभयो । जलवायु परिवर्तनलगायत विश्वव्यापी रुपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमा ...
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २१ चैतः ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ । नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ । यो परियोजना साउथ एसिया को–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ, यसलाई विश्व बैंकले सहयोग गरेको छ । परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नद...
एकाग्रतासहितको मेहनत र निरन्तरताबाट सफलता

एकाग्रतासहितको मेहनत र निरन्तरताबाट सफलता

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २१ चैत (रासस)ः यदि नजिकको पसलमा वा मार्टमा सफलता, इज्जत, आत्मबल, स्वास्थ्य, समुन्नति प्याकेजमा किन्न पाए हामी सबै तयार हुन्थ्यौँ होला । अहिलेको जमानामा त झन् ‘होम डेलिभरी’ हुनेगरी नै ‘अनलाइन’मा ‘अर्डर’ गथ्यौँ होला । अरूले थाहा नपाउँदै उक्त प्याकेज झिकाउन पाए थप खुसी हुन्थ्यौँ होला । तर यी दुर्लभ कुराहरु पाउनका लागि हामीहरुले आफैँले प्रण गर्नुपर्दछ, मेहनत गर्नुपर्दछ, त्यस्तो मेहनतलाई निरन्तरता दिनुपर्दछ भन्नेमा चाहिँ कमैको ध्यान पुगेको हुन्छ । सफलता मिल्यो भने खुसी भइने हुनाले सफलता मिल्नुलाई खुसी प्राप्तिको साधनका रुपमा व्याख्या गरेको पाइन्छ । साधना, शान्ति र आनन्दजस्ता खुसी प्राप्तिका माध्यम सम्बन्धमा भने यस लेखमा चर्चा गरिएको छैन । हाम्रो समय बर्बाद गर्ने क्रियाकलाप र खराब बानीबाट कसरी छुटकारा पाउने भन्नेतर्फ आउने हरफहरु केन्द्रित रहनेछन् । एउटा घतलाग्दो प्रसङ्ग क...
प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरूको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरूको भेटवार्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, २१ चैतः थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैङ्कक प्रस्थान गर्नुभएको थियो । थाइल्याण्डका प्रधानमन्त्री पेथोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बुधबार प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भोलि चैत २२ गते...