Tuesday, May 5News That Matters

विज्ञान प्रविधि

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २० चैतः अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताउनुभएको छ । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छु । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि मैले आफ्नोतर्फबाट सक्दो मेहनत गरेको छु ।” उहाँले बिना सम्झौता चलचित्र तयार भएको र सामाजिक विषयलाई द्वन्द्व विध...
रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक

रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, समाचार
गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारी रुद्रसेनसँगै स्वरमा छन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले भने, "होली पर्वलाई झन् रमाइलो बनाउन ‘होली सररर’ ल्याएको छु । आशा छ, दर्शकलाई मनपर्नेछ ।" गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ । गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला । https://youtu.be/BLb29WdRlb4?si=pg5lP-oKgMqW2k2c...
सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १८ चैतः अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।...
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
नेपालगञ्ज, १८ चैत : बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले इद उल फित्रमा विश्वका लागि शान्तिको प्रार्थना गरिएको उल्लेख गर्दै यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयम्को अभ्यासमा जोड दिइने बताउनुभयो । उहाँले पुण्य प्राप्त हुने धार्...
मैत्रीपूर्ण फुटबलमा सेना विजयी

मैत्रीपूर्ण फुटबलमा सेना विजयी

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १८ चैत : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ । सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो । जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । निर्धारित समयमा दुवै टोलीले ४–४ गोलको बराबरी खेल खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा सेनाको टोलीले पाँच र रक्षा समाचारदाताको टोलीले चार गोल गरेको थियो । यसअघि रक्षा समाचारदाताको तर्फबाट शिशिर बस्नेत एक्लैले चार गोल गरेका थिए । यसअघि सैनिक तालिम महानिर्देशक ध्रुवप्र्रकाश शाहले रेफ्रिलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । प्रतियोगितामा सेनाका तर्फबाट प्रवक्ता गौरवकुमार केसी र समाचारदाताका त...
सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
वीरगञ्ज (पर्सा), १८ चैत : पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ । वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खाैँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, ...
बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), १८ चैत : जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो । परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन...
मकै छोडेर कफीखेतीमा महाभारतका किसान

मकै छोडेर कफीखेतीमा महाभारतका किसान

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
धुलिखेल (काभ्रेपलाञ्चोक), १८ चैत : यहाँको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उहाँ मकै छाडेर कफी खेतीमा लाग्नुभएको छ । यसअघि उहाँ मकै खेतीको भरमा हुनुहुन्थ्यो । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गर्नुभएका उहाँले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खन्नुभएको छ । “यसवर्ष मात्रै चार सय किलो फल्यो”, उहाँले भन्नुभयो, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाईकोसहित गरेर उहाँहरुले १८ रोपनीमा कफी लगाउनुभएको छ । कफी काँचो प्रति केजी रु एक सय ३० र सफा गरेर सुकाएपछि रु आठ सय ३० सम्ममा बिक्री गर्नुभएको उहाँले बताउनुभयो । करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गर्नुभएका सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्द...
भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
धनकुटा, १७ चैत : सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो । सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए । सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटा...
‘रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ’

‘रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर समाचार सेवा विस्तारमा कटिबद्ध रहेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठकमा उहाँले राष्ट्रिय हितमा सञ्चालित राससलाई सबै तहका निकायले अपनत्व महसुस गरेर सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “राससले राष्ट्रिय हितमा सूचना सेवा प्रदान गर्छ भने रासस सङ्घको कि प्रदेशको ? द्विविधा हटाउन जरूरी छ”, उहाँले भन्नुभयो, “हामी तीन तहकै सरकारसँग सहकार्य गरेर काम गर्न तयार छौँ ।” कार्यकारी अध्यक्ष झाले सुदूरपश्चिम प्रदेशमा कार्यालय निर्माण गर्ने विषयमा पटकपटक पत्राचार र जानकारी गराए पनि त्यसलाई महत्वका साथ नलिएको गुनासो व्यक्त गर्नुभयो । “हामी प्रदेश सरकारसँग सहकार्य गर्...