‘पत्रकारिता क्षेत्रले विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ’
वीरगञ्ज (पर्सा), ६ फागुनः मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालय पर्साले राससको ६४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र रासस भूमिका’ विषयक कार्यक्रममा उहाँले आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषणमा राससको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
“पत्रकार पनि आचारसंहिताभित्र रहनुपर्दछ । पत्रकार र पत्रकारिता क्षेत्र पनि पारदर्शी हुनुपर्छ भन्ने कुरामा पनि पेसागत सङ्घ/सङ्गठनले बहस चलाउन जरूरी भइसकेको छ”, मन्त्री क्षेत्रीले भन्नुभयो,“कहिलेकाही पत्रकार वा अन्य जुनसुकै व्यक्तिबाट त्रुटी हुन सक्छन् तर त्रुटी सच्च्याउने तत्परता भने देखाउनै पर्दछ । यसमा पत्रकारले उदाहरण...










