हिमालयन बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौ, हिमालयन बैंक लिमिटेडले देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।
सो वित्तीय साक्षरता कार्यक्रम बंैकको प्रादेशिक कार्यालय र ती प्रदेश भित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेको हो । बंैकको यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अविभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बंैकका ग्राहकवर्गहरु लगायत सो स्थानका बासिन्दाहरुलाई बंैकिङ्ग बारे ज्ञान वद्र्धक विषयहरुमा छलफल गर्दै सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बंैक के हो, बंैकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बंैकिङ्ग बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने...










