Thursday, May 7News That Matters

‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण

अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलो पटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’ बाट स्थानीय समयअनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो ।

यो मिसनलाई ब्लु ओरिजिनले एलोन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हावी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

“लिफ्ट अफ ! न्यू ग्लेनले आफ्नो पहिलो आरोहण ताराहरूतर्फ सुरु गर्दैछ,” ब्लू ओरिजिनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देश जारी गरी उल्लेख गरेको छ ।

“न्यू ग्लेनले अन्तरिक्षको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा ‘कार्मन लाइन’ पार गरेको छ!” फर्मले प्रक्षेपणको केही मिनेटपछि गरेको पोस्टमा उल्लेख छ ।

न्यू ग्लेन इन्जिनबाट छुट्टिएर दोस्रो चरणमा प्रवेश गरिसकेको छ र अहिले न्यू ग्लेनको दोस्रो इन्जिन र पेलोड अब कक्षमा पुगेका छन् ।

प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको सम्मानमा न्यु ग्लेन नाम दिइएको ३२० फिट (९८ मिटर) अग्लो रकेटको प्रारम्भिक परीक्षण सोमबार बिहान गरिने तयारी भएपनि प्रक्षेपणको तयारीको अन्तिम क्षणमा पटक–पटक रोकिएपछि प्रक्षेपण मिसनलाई स्थगित गरिएको थियो ।

अमेजनका संस्थापक बेजोसले विश्वको एक मात्र आफूभन्दा धनी व्यक्ति एलन मस्कसँगको प्रतिस्पर्धालाई न्यु ग्लेन–१ (एनजी–१) को सफलतासँग हेरेको अन्तरीक्षबारे जानकार विश्लेषकहरूले बताउने गरेका छन् ।

मस्कको कम्पनी स्पेसएक्सले आफ्नो उत्कृष्ट फाल्कन ९ रकेटमार्फत कक्षीय प्रक्षेपणले व्यावसायिक क्षेत्र, पेन्टागन र नासाका लागि महत्वपूर्ण प्रभाब जमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *