Tag: review_khabar_onlinenews

नेपालमा कोभिड-१९ JN.1 भेरियन्टको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह

नेपालमा कोभिड-१९ JN.1 भेरियन्टको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह

Breaking News, स्वास्थ्य
०७८ जेठ ८, काठमाडौं नेपालमा फेरि कोभिड-१९ को नयाँ रूप JN.1 भेरियन्ट को संक्रमण फैलिन सक्ने उच्च सम्भावना रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विज्ञहरू ले आम नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। JN.1 भेरियन्ट विश्व स्वास्थ्य संगठन (WHO) ले हालै "Variant of Interest" भनेर वर्गीकृत गरेको संस्करण हो, जुन विशेषगरी फोक्सो र सासप्रश्वास प्रणालीमा असर पार्ने क्षमता बोकेको मानिन्छ। 🧬 JN.1 भेरियन्ट के हो? JN.1 भेरियन्ट ओमिक्रोन परिवारकै एक उत्परिवर्तित स्वरूप हो, जसमा: उच्च संक्रमण दर हल्का तर लामा समयसम्म रहने लक्षण केही व्यक्तिमा पुनः संक्रमण (reinfection) को सम्भावना पाइन्छ। यो भेरियन्ट विश्वका धेरैजसो देशहरू (भारत, अमेरिका, यूके लगायत) मा फैलिसकेको छ, र नेपालमा समेत यसको लक्षण देखिन थालेको जनाइएको छ। 🚨 नेपालमा हालको अवस्था ...
लुम्बिनीको विकासले सारस क्रेनको बासस्थानमा गम्भीर खतरा, संरक्षणकर्मीहरू चिन्तित

लुम्बिनीको विकासले सारस क्रेनको बासस्थानमा गम्भीर खतरा, संरक्षणकर्मीहरू चिन्तित

Breaking News, पर्यटक
लुम्बिनी, जेठ ७ – बुद्धको जन्मस्थल लुम्बिनीमा भइरहेको तीव्र शहरीकरण, अव्यवस्थित विकास र कंक्रीट संरचनाहरूको बिस्तारले दुर्लभ र संकटापन्न अवस्थामा रहेका सारस क्रेनको बासस्थानमा गम्भीर असर पारेको छ। संरक्षणकर्मी र स्थानीय बासिन्दाहरूले यस्ता विकास गतिविधिले जैविक विविधतामाथि विनाशकारी प्रभाव पारिरहेको भन्दै चासो व्यक्त गरेका छन्। सारस क्रेन, जुन नेपालमा पाइने दुर्लभ चराहरूमा गनिन्छ, मुख्यत: तराईको भिजेको भूभाग, खेतबारी, र खुल्ला जमिनमा बसोबास गर्छ। लुम्बिनी क्षेत्र, जो विगतमा सारसहरूको सुरक्षित आश्रयस्थल मानिन्थ्यो, अहिले ठूला होटल, बाटो विस्तार, र अन्य पूर्वाधार योजनाले भरिएको छ। यसका कारण प्राकृतिक वातावरण तहस–नहस भइरहेको छ। नेपाल बर्ड कन्जरभेन्सी (Bird Conservation Nepal) का अनुसार, सारस क्रेनको संख्या विगत पाँच वर्षमा उल्लेख्य रूपमा घटेको छ। चराको प्रजनन क्षेत्र सिधै मानव हस्तक्षेपक...
“सगरमाथाको शिखरमा १९ पटक! केन्टन कूलको अद्भुत यात्रा”

“सगरमाथाको शिखरमा १९ पटक! केन्टन कूलको अद्भुत यात्रा”

अन्तर्राष्ट्रिय, पर्यटक
ब्रिटिश पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औं पटक सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाए काठमाडौं, जेठ ७ – ब्रिटिश पर्वतारोही केन्टन कूलले सगरमाथाको १९ औं पटक सफल आरोहण गर्दै गैर-शेर्पा पर्वतारोहीहरूमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान कायम गरेका छन्। कूलले यस वर्ष पुनः सगरमाथाको शिखर चुमेर विश्व पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेका हुन्।४९ वर्षीय कूलले पहिलो पटक सगरमाथा सन् २००४ मा चढेका थिए र त्यसयता उनले नियमित रूपमा आरोहण गर्दै आएका छन्। उनी केवल २०१४, २०१५, र २०२० का वर्षहरूमा मात्र चढ्न सकेनन् — ती वर्षहरू क्रमशः हिमपहिरो, भूकम्प, र कोभिड-१९ महामारीका कारण पर्वतारोहण स्थगित गरिएको थियो। कूलले आरोहणपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भने, "सगरमाथा सँधै मेरो लागि प्रेरणाको स्रोत रहँदै आएको छ। यो मेरो १९ औं यात्रा हो र म २०२६ मा २० औं पटक सगरमाथा चढ्ने लक्ष्यमा छु।...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पूर्जीसम्बन्धी सुनुवाइमा सहभागी हुनुभएको छ । उइवाङ्गस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबाट करिब २० किलोमिटर उत्तरमा रहेको सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टमा आइपुगेको टिभी फुटेजले देखाएको छ । युनलाई बुधबार राष्ट्रपति निवासबाट पक्राउ गरिएको थियो र उहाँ पक्राउ पर्ने देशको पहिलो बहालवाला राष्ट्रपति बन्नुभएको थियो । महाभियोगपछि निलम्बित राष्ट्रपति युनले घोषणा गरेको अल्पकालीन सैनिक शासन का विषयमा सोधपुछका लागि बयान दिन सियोलको दक्षिणमा रहेको ग्वाचेओनमा रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) मा उपस्थित हुन अस्वीकार गर्नुभएको थियो । यदि वारेन्ट जारी भएमा युनको हिरासत अवधि सहित २० दिनसम्म लम्बिनेछ । प...

सम्झौता अन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ । मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे स्थानीय समयअनुसार १४ ः०० बजे रिहा नगर्ने जनाएको छ । यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूच...

इजरायली सरकारद्वारा गाजा युद्धविराम समझौतालाई अनुमोदन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ । आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ । यसले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्न निर्देशित गरेको छ । नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भन्नुभयो, “सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।” इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ । इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको ...
अन्तर्वार्ता : कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

अन्तर्वार्ता : कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

Breaking News, Breaking News 2, अर्थ, प्रदेश, राजनीति, समाचार, स्थानीय तह विशेष
कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि उहाँ २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री बन्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहनुभएका उहाँ उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका कार्की नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्षको भूमिकामा रहनुभएको थियो । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो भने २०७९ सालको निर्वाचनमा पनि पुनः सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । प्रदेश १ को स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला ...

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ । गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउनुहुनेभएको हो । ट्रम्पले सपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार ट्रम्पको सपथ समारोहमा उपराष्ट्रपति सीको ‘विज्ञशेष प्रतिनिधि’का रूपमा हान सहभागी हुने जनाएको छ । “चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढ...

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, फिचर, विचार, समाचार
काठमाडौँ, ३ माघः सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् । उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

राजस्व सङ्कलन बढ्यो

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, फिचर, समाचार
भद्रपुर (झापा), ३ माघः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा रु एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधिमा रु एक अर्ब ३५ करोड तीन लाख राजस्व सङ्कलन भएको थियो । कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिनुभयो । “चालु आवको छ महिनामा रु एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ८० दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो “चालु आवको पहिलो छ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार सङ्कलन हुनसकेन” । कार्यालयले...