Tuesday, April 21News That Matters

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु

सुडानमा उत्तरी डार्फरको राजधानी एल–फाशरको पूर्वी क्षेत्रमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा १४ सुडानी नागरिकको मृत्यु भएको छ ।

“आक्रमण शनिबार उत्तरी डार्फर राज्यको उत्तरपूर्वी उम कदादाह क्षेत्रमा भएको थियो,” स्थानीय प्रतिरोध समितिले जानकारी दिएको छ ।

उक्त समिति स्वयम्सेवक सङ्गठनहरू मध्ये एक हो, जसले नियमित सेना र विद्रोही अर्धसैनिक आरएसएफ बीचको २१ महिनाको लडाईमा सुडानभर सहायता समन्वय गरेको छ ।

मे महिनादेखि आरएसएफको घेराबन्दीमा रहेको करिब २० लाख मानिसले सबैभन्दा ठूलो लडाइँ देखेको छ । लगभग सबै डार्फर क्षेत्र अब आरएसएफद्वारा नियन्त्रित छ । आरएसएफले छिमेकी कोर्डोफान क्षेत्र र मध्य सुडानको धेरै भाग पनि कब्जा गरेको छ ।

सुडानमा युद्धको कारण १२ लाख भन्दा बढी मानिस घरबारविहीन भएको छ । यसलाई संयुक्त राष्ट्र सङ्घले हालको सबैभन्दा खराब मानवीय प्रकोपहरू मध्ये एक बताएको छ ।

राष्ट्र सङ्घले सेना र आरएसएफ दुबैलाई अन्धाधुन्ध रूपमा नागरिकहरूलाई लक्षित गर्ने र आवासीय क्षेत्रहरूमा जानाजानी आक्रमण गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *