
समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
महेन्द्रनगर (धनुषा), १६ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राख्नुभएको छ ।
जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’को आज उद्घाटन गर्दै उहाँले चलचित्रले कला, संस्कृति र परम्परालाई प्रस्तुत गरी सहज रूपमा बुझाउन सक्ने भएकाले यो सञ्चारको प्रभावकारी माध्यमका रूपमा रहेको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले यस किसिमका महोत्सवले मिथिला क्षेत्रको कला, संस्कृतिलाई विश्व बजारमा पुर्याउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता महोत्सव जनकपुरधाममा आयोजना हुँदा स्थानीय कलाकार उत्पादन हुने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले जनकपुरधाम कला, संस्कृतिमा पुरानो र धनी क्षेत्र रहेको भन्दै यसको प्रचारप्रसार गर्दै पर्य...