बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पु््रस्कृत

काठमाडौँ, १७ पौष । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत विभिन्न प्रतियोगिताका विजयी सहभागीलाई आइतबार एक समारोहबीच पदक र प्रमाणपत्र वितरण गरिएको छ । समारोहमा बोल्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले पठनपाठनलाई प्राथमिकता दिँदै क्याम्पसले विद्यार्थीको शारिरीक र मानसिक विकास लागि बौद्धिक एवं खेलकुद प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको बताउनुभयो । सो अवसरमा क्याम्पस प्रमुख प्रा.डा. खड्काले पु्रस्कृत विद्यार्थीको प्रतिभाको कदर गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।
समारोहमा क्याम्पस क्याम्पस प्रमुख प्रा डा. खड्का र क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिबोल भट्टराइले विद्यार्थीलाई पदक तथा प्रमाण वितरण गर्नुभएको थियो । सो अवसरमा सञ्चालक समिति सदस्य प्रा. डा. केदार न्यौपाने , अतिरिक्त क्रियाकलाप प्रमुख प्रा. डा कष्णदेव यादव , प्राध्यापक संघका सभापति रामेश्वर काफ्ले, कार्यक्रम संयोजक अर्जुन कुमार आचार्य, देवचन्द्र श्रेष्ठ , विभागीय प्रमुख प्रा. राजेन्द्र प्रसाद दाहाल, प्रा. डा विष्णु प्रसाद राई , प्रा. धु्रव कुमार न्यौपाने , परशुराम भट्टराई लगायत प्राध्यापक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कविता प्रतियोगितातर्फ अम्बिका न्यौपाने, अप्सरा पोखरेल, यमुना उपाध्याय र रोशनसिंह भण्डारीलाई क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । नृत्य प्रतियोगितामा प्राप्ति खरेल प्रथम, प्रतिमा राना मगर द्वितीय र सुनिधि गिरीले तृतीय पु्रस्कार प्राप्त गर्नुभएको छ । स्ट्याण्ड अप कमेडी प्रतियोगितामा सबिन खड्का पहिलो र विनोद ओझा दोस्रो, शिवलाल अधिकारी तेस्रो र शत्रुघन कुमार शाहले चौथो पु््रस्कार हासिल गर्नुभएको छ । हाजिरीजवाफ प्रतियोगितामा दिपेन कटुवाल, निर्मला दर्लामी मगर र नारद बोहराको समूहले प्रथम पुरस्कार प्राप्त गरेको छ । यमुना उपाध्याय, संगीता भट्ट्राई र अम्बिका न्यौपानेको समूह द्वितीय भएको छ । त्यसैगरी रोहित क्षेत्री, दिलन राई र मौसम गौतमको समूह तृतीय पुरस्कार हासिल गरेकोे छ ।
टेबल टेनिस प्रतियोगितामा छात्रतर्फ रोशन घिमिरे, प्रभात पौडेल, उमेश गुरुङ्गले क्रमशः पहिलो, दोस्रो र तेस्र
ो पु््रस्कार प्राप्त गर्नुभएको छ । सोही प्रतियोगिताको छात्रातर्फ सुजा श्रेष्ठ प्रथम , सरिना मगर द्वितीय र मनिषा नेपालीले तृतीय हुनुभएको छ । ब्याडमिन्टन प्रतियोगिताको छात्रातर्फ सृष्टि शाह, मिली श्रेष्ठ र यमुना उपाध्याय क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । छात्रतर्फ राम शाह पहिलो, इन्द्रसिंह ठकुरी दोश्रो र आयुहाङ्ग राईले तेस्रो पु््रस्कार हासिल गर्नुभएको छ ।
भलिबल प्रतियोगितामा किशोर शाही, अशोक क्षेत्री, सुरेन परियार, जीवन आउजी, अशोक साउँद, लोकेश घर्तीमगर, सागर राई दनुवार, सुर्जन ताम्राकार र शिव नेपालीको समूह प्र
थम पु््रस्कार पाएको छ । त्यस्तै, समीर नेपाली, विकास खत्री, राजकुमार रोकाया, टेकेन्द्र रोकाया, ललित बिक, वसन्त बोहरा, रुपेश नेपाली, राजेश नेपाली र उज्जवल श्रेष्ठको समूहले द्वितीय पु््रस्कार हासिल गरेको छ । भलिबल प्रतियोगितामा छात्रातर्फ सृष्टि आलेमगर, झरना राई, सुस्मिता वराल, रुविना साउँद, अप्सरा कार्की, लक्ष्मी बुढाथोकी, पूजा अधिकारी, यशोदा कार्की र मोहिनी थापाको समूह पहिलो भएको छ । त्यसैगरी टिकेश्वरी बोहोरा, विमला न्यौपाने, मुना बोहोरा, तमै तामाङ, आशा थापा, विपना भण्डारी, प्रतिभा खड्का, अस्मिता बोहरा र एलिशा खड्काको समूहले दोस्रो पु््रस्कार प्राप्त गरेको छ ।
कार्यक्रमको सञ्चालन उपप्राध्यापक दीपक बाबु निरौलालले गर्नुभएको थियो । उक्त क्याम्पसमा हाल स्नातक तहमा बीबीएस, बीए र बीएड् तथा स्नातकोत्तरतर्फ एमए (समाजशास्त्र), एमबीएस एवं एमएड् ( स्वास्थ्य शिक्षा र शैक्षिक व्यवस्थापन तथा सुपरीवेक्षण) कार्यक्रम लगतयत कक्षा ११ र १२ का कक्षा समेत सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...