देशकै प्रथम र एकमात्र ट्राभल एजेन्सी “गुरु ट्राभल्स लिमिटेड”

काठमान्डौ , नेपालको इतिहासकै पहिलो पब्लिक लिमिटेड कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल गुरु ट्राभल्स लिमिटेडले स्थापनाको दोश्रो वर्ष पुरा गरि तेश्रो वर्षमा प्रवेश गरेको छ ।
गुरु ट्राभल्स लिमिटेडको प्रधान कार्यालय दरबारमार्ग काठमान्डौमा लगानीकर्ता, शुभेच्छुक तथा संस्थाप्रति सरोकार राख्ने सम्पूर्णलाइ कम्पनीले सहृदय आमन्त्रण गरेको जनाएको छ ।
२०७९ श्रावण २० गते बाट संचालनमा आएको गुरु ट्राभल्स लिमिटेडले छोटो समयमा नै ग्राहकवर्गको विश्वाश जित्न सफल भएको मानिन्छ । यात्रासंग सम्बन्धित सम्पूर्ण सेवा एकै ठाउँमा बिना झन्झट त्यो पनि एकदमै छिटो पाउन सकिने भएकोले सेवाका लागि धेरै मानिसले गुरु ट्राभल्स लिमिटेड नै रोज्ने गरेको भनि प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले जानकारी दिनुभयो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित हुनुले पनि गुरु ट्राभल्स लिमिटेड प्रति ग्राहकवर्गको विश्वास बढेको हुन सक्ने मानिसहरुको आम बुझाइ छ । ५ दर्जनको हाराहारीमा शेयर धनी संख्या रहेको यस ट्राभल्सले रास्ट्रीय तथा अन्तराष्ट्रिय रुपमा टिकेटिंग सेवा, होटेल बूकिंग, सवारी साधन बूकिंग, भिषा सहजीकरण सेवा, टुर ब्यबस्थापन सेवा तथा अन्य यात्रासंग सम्बधित सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *