Tuesday, April 21News That Matters

Month: March 2025

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा राजावादी समूहका नाममा यही चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । चैत १५ गते काठमाडौँमा भएको अराजक र हिंसात्मक प्रदर्शनका क्रममा समाचार सङ्कलनमा रहेका पत्रकारको ज्यान गुमेको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको ज्ञापनपत्रमा उल्लेख छ । प्रदर्शनका क्रममा भएका आतङ्कपूर्ण र हिंसात्मक घटनाले सिङ्गो सञ्चार जगत त्रसित र मर्माहत भएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाई दोषीमाथि यथाशिघ्र कारबाही प्रक्रिया अग...
‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’

‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताउनुभयो । “गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पु¥याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्बलको महत्त्वपूर्ण भूमिका रहेको छ”, मन्त्री खड्काले भन्नुभयो । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्बलले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ । उर्जामन्त्री खड्काले जनताका आवाजल...
डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइजेसन गर्न, सरकारी निकायका वेबसाइटमा एकरुपता ल्याउने विषयमा काम गर्नसमेत निर्देशन दिनुभयो । उहाँले ‘नागरि...
राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ । बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रुपमा काम अघि बढाउन निर्देशन दिनुभयो । उहाँले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले प...
सुनमा मूल्य उच्चविन्दुमा

सुनमा मूल्य उच्चविन्दुमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।...
हलेसीमा निःशुल्क आँखा शिविर

हलेसीमा निःशुल्क आँखा शिविर

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
खोटाङ, १७ चैतः नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको शल्यक्रिया गरिएको थियो । शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले राससलाई जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो ।...
मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ

मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
सिरहा, १७ चैतः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए । यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।...
आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस

आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, १७ चैतः आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्लाष्टिक प्रदूषण एवं अन्य फोहरका कारण उत्पन्न हुने सङ्कटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहर नाराका साथ यो दिवस मनाइँदै छ । ...
सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, १७ चैतः सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्रीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विध...
नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार ए...