सार्वजनिक सञ्चारमाध्यमका पत्रकारका लागि क्षमता विकास कार्यक्रम
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १८ फागुनः आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र राष्ट्रिय समाचार समिति (रासस)को व्यवस्थापनमा आयोजित क्षमता विकास कार्यक्रममा सार्वजनिक सञ्चारमाध्यमका करिब ४० जना पत्रकारको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले पत्रकारको अभिमुखिकरण कार्यक्रमले व्यावसायिक पत्रकारितामा निखार ल्याउन र भइरहेका अभ्यासबारे विचार, अनुभव, ज्ञान र सीप आदन–प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “मन्त्रालयले नीति बनाउने र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएर क्षमता विकासको प्याकेजलाई आगामी दिनमा कसरी लैजान सकिन्छ भनेर एक दिने अ...










